arrow

प्रथम टिम टेनिस नेपाल जुनियर प्रिमियम टेनिस प्रतियोगिता शुरु

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
team-tennis-nepal.jpg

काठमाडौं । टिम टेनिस नेपालको आयोजनामा प्रथम टिम टेनिस नेपाल जुनियर प्रिमियम टेनिस प्रतियोगिता आइतबारदेखि धापाखेलमा शुरु भएको छ । प्रतियोगितामा १ सय २९ खेलाडीले विभिन्न उमेरसमूहको १५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन् । 

बिहीबारसम्म चल्ने प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको पहिलो दिन यु–८ सिंगल्सको ब्वाइजमा निश्चल ज्ञवाली र गल्र्समा निश्वी गोर्खालीले स्वर्ण   जिते । 

फाइनलमा निश्चलले शुभन केसीलाई १०–५ र १०–२ तथा निश्वीले आयुश्री घलेलाई ८–१०, १०–३ र १०–८ को सेटमा पराजित गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ