arrow

टिम टेनिस नेपालको टेनिस कोर्टको मन्त्री तामाङद्धारा उद्घाटन 

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
team-tennis-nepal.-court_.jpg

काठमाडौं । टिम टेनिस नेपालले तयार गरेको टेनिस कोर्टको युवा तथा खेलकुद मन्त्री दावा तामाङले उद्घाटन गरेका छन् । आइतबार प्रथम टिम टेनिस नेपाल जुनियर प्रिमियम टेनिस प्रतियोगिताको उद्घाटनअघि खेलकुद मन्त्री तामाङले प्रतियोगिता आयोजक टिम टेनिस नेपालले धापाखेलमा निर्माण गरेको कोर्टको पनि उद्घाटन गरेका थिए । 

प्रतियोगिता पनि त्यही कोर्टमा भइरहेको छ । जुनियर टेनिस खेलाडीका अभिभावकहरु मिलेर करिब २ करोड ५० लाख लागतमा कोर्ट निर्माण गरिएको टिम टेनिस नेपालका बोर्ड अफ डाइरेक्टर विष्णुबहादुर थापाले जानकारी दिए ।

नेपालमै अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण उपलब्ध गराउने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट नतिजा हासिल गर्ने उद्देश्यका साथ कोर्ट सञ्चालनमा ल्याइएको थापाले बताए ।

करिब साढे छ रोपनी क्षेत्रफल हातामा ५ कोर्ट क्ले कोर्ट निर्माण गरिएको छ । त्यसमा ३ वटा डबल्स कोर्ट तथा १–१ रेड र ओरेन्ज बल कोर्ट रहेका छन् । यु–८ देखि २० वर्षसम्मका खेलाडीका साथै भेट्रान खेलाडीका लागि पनि प्रशिक्षणको व्यवस्था मिलाइएको बताइएको छ । हाल ३२ खेलाडी प्रशिक्षणमा छन् ।

एटीपी खेलाडीलाई प्रशिक्षण दिइसकेका अमेरिकाका सेजर मोरल्स, स्पेनका डाउ मार्टिन सोल र नेपालका अनिल क्षेत्रीलाई प्रशिक्षकका रुपमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ