arrow

नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
Santosh-prasai-ceo.jpg

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन्। सञ्चालक समितिको माघ २७ गते मङ्गलवार बसेको ३१५ औँ बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो।

सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति स्वीकृतिको लागि बिमा समितिमा पठाउने निर्णय गरेको छ। सञ्चालक समितिले उनको नियुक्तिसँगै कम्पनीले नयाँ उचाइ लिने विश्व व्यक्त गरेको छ।

विगत साँढे वर्षदेखि नेपाल लाइफसँग आबद्ध रहेका सन्तोष प्रसाईले साउन १ गते देखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए। यस अघि पनि बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिमा ७ वर्ष लामो अनुभव सम्हालेका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ