arrow

प्रथम टिम टेनिस नेपाल जुनियर टेनिसमा आयुशमान क्वार्टरफाइनलमा

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
team-tennis-nepal.jpg

काठमाडौं । आयुशमान घले प्रथम टिम टेनिस नेपाल जुनियर प्रिमियम टेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा सोमबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

टिम टेनिस नेपालद्वारा आयोजित प्रतियोगितामा आयुशमानले श्रेयस पौडेललाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको गल्र्समा शुभाङ्गीलक्ष्मी शाहले प्रशंसा मोक्तानलाई ६–१ र ६–२, निमिशा ढकालले अजा रेग्मीलाई ६–१ र ६–४, सर्वानी श्रेष्ठले आइशा गुरुङलाई ६–३ र ६–२ तथा आद्या पौडेलले इभा अधिकारीलाई ६–२ र ६–४ को सीधा सेटमा हराउँदै क्वाटरफाइनलमा पुगे ।

यु–१४ गल्र्स सिंगल्समा प्रशंसा मोक्तानले कृषा अधिकारीलाई ६–२ र ६–३, इभा अधिकारीले समृद्धि महर्जनलाई ५–७, ६–२ र ७–५, सुनिरा थापाले शैभी ढकाललाई ६–१ र ६–० तथा जेनी खड्काले आद्या पौडेललाई ६–३ र ६–१ को सेटमा पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । 

यु–१२ ब्वाइज सिंगल्समा अविर श्रीवास्तवले योगेश ज्ञवालीलाई ६–२ र ६–३ ले पन्छ्याउँदै क्वार्टरफाइनलमा स्थान बनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ