arrow

बलिउडमा अर्को आत्महत्याः सन्दीप नाहरको यस्तो छ सुसाइड नोट  

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
sushant-sandeep-suicide.jpg

काठमाडौं । बलिउडमा फेरि अर्को आत्महत्या भएको छ । ‘एम एस धोनीः द अनटोल्ड स्टोरी’ फिल्ममा सुशान्त सिंह राजपुतका सहयोगी बनेका अभिनेता सन्दीप नाहरले आत्महत्या गरेका हुन् । उक्त फिल्ममा सरदार साथीका रुपमा देखिएका नाहरले गत मंगलबार मुम्बईको गोरेगाउँमा आत्महत्या गरेका हुन् । 

आत्महत्याअघि उनले सामाजिक संजालमा ९ मिनेटको एक भिडियो र सुसाइड नोट पोष्ट गरेका थिए । यसमा उनले आफ्नी पत्नीमाथि गम्भीर आरोप लगाएका थिए । 

अहिलेसम्म उनले आत्महत्या कसरी गरे भन्नेबारे भने नखुलेको भारतीय संचारमाध्यमहरुले बताएका छन् । डीसीपी विशाल ठाकुरका अनुसार सन्दीपकी पत्नी कन्चनले सन्दीपको शरीर झुन्डिएको अवस्थामा रहेको बताएकी थिइन् । 

सन्दीपको शरीरलाई पोष्टमार्टमका लागि पठाइएकाले यसको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने उनले बताएका छन् । 

सामाजिक संजालमा सन्दीपले अब बाँच्ने इच्छा नरहेको बताएका थिए । ‘जीवनमा थुप्रै सुख–दुःख देखियो । हरेक समय समस्याको सामना गरियो । तर आज म जुन मानसिक आघातबाट गुज्रिरहेको छु । यो सामनाको बाहिर छ । मलाई थाहा छ आत्महत्या गर्नु कायरता हो । मलाई पनि बाँच्नु थियो । तर बाँच्नुको पनि के फाइदा जहाँ आराम र आत्मसम्मान नहोस् ।’ उनको सुसाइट नोटमा उल्लेख छ । 

सन्दीपले उनकी पत्नी कन्चन र सासु बुनू शर्मामाथि गम्भीर आरोप लगाएका छन् । उनले भनेका छन्, ‘मेरी पत्नी कन्चन शर्मा र उनकी आमा बुनू शर्मा जसले न सम्झिए न सम्झने कोशिश गरे । मेरी पत्नी हाइपर प्रकृतिकी छिन् र उनको व्यक्तित्व र मेरो अलग छ । जुन कतै मिल्दैन । हरदिनको कलह । मसँग यो सुन्ने शक्ति छैन । यसमा कन्चनको कुनै गल्ती छैन । उनको नेचर नै यस्तै छ कि उनलाई यो सबै सामान्य लाग्छ । तर मेरा लागि यो सामान्य हैन ।’

उनले अगाडि भनेका छन्, ‘म मुम्बईमा कयौं वर्षदेखि छु । मैले धेरै नराम्रो समय पनि देखेँ । तर टुटिन । डबिङ गरेँ । जिम ट्रेनर बनेँ । एक कोठाको किचनमा ६ जना बस्थ्यौं । संघर्ष गर्दथ्यौं । तर आनन्द थियो । आज मैले धेरै पाएँ । तर विवाहपछि त्यो आनन्द छैन । दुई वर्षदेखि जीवन बिल्कुल बदलियो । यो कुरा मैले कसैसँग साझा गर्न सक्दिन । संसारलाई लाग्दो हो कि यसलाई कति आनन्द छ । किन उनीहरु सबै हाम्रो सामाजिक पोष्ट वा स्टोरी देख्छन् । जो कि सब झुठो हो । दुनियाँलाई राम्रो इमेज देखाउन मैले पनि राख्ने गर्छु । तर सत्य बिल्कुल अलग छ ।’  

उनले पत्नीसँग कहिल्यै कुनै कुरा नमिल्ने बताएका छन् । कन्चनले दुई वर्षमा १०० भन्दा बढी पटक आत्महत्या गर्नेबारे बोलेर धम्की दिएको पनि उनले खोलेका छन् । आत्महत्या गरेर आफूलाई फसाउने पनि उनले पटक पटक बताएको सन्दीपले बताएका छन् । 

उनले आफ्ना माता–पितालाई धन्यवाद दिएका छन् । उनले बलिउडमा धेरै नै राजनीति हुने गरेको पनि खोलेका छन् । 

तर उनले यो राजनीति झेल्न सके पनि पत्नीको क्लेश झेल्न नसक्ने पनि सुसाइड नोटमा खोलेका छन् । उनले सुसाइड नोटमा लेखेका छन्, ‘मैले पहिले नै सुसाइड गर्नें होला तर आफूले आफूलाई समय दिएँ कि सबै ठीक होला । हरेक समय आफूलाई प्रेरित गरेँ । तर हरेक दिन उही क्लेश । यो चक्रव्यूहमा फसिसकेको छु । यसबाट बाहिर निस्कने कुनै बाटो छैन आत्महत्याको अलावा । अब मैले यो कदम खुशी–खुशी लिनुपर्नेछ । यहाँ यो जीवनमा धेरै नै नर्क मिलिरहेको छ । सायद यहाँबाट गएपछि जीवन कस्तो होला मलाई थाहा छैन । तर मलाई यति थाहा छ कि त्यसको सामना गर्नेछु । मेरो अनुरोध छ म गएपछि कन्चनलाई केही नभन्नु । बस् उनको दिमागको उपचार गराइदिनू ।’

उनले अक्षयकुमारसँग केसरी, एकता कपूरको बालाजी वेब सिरिज ‘कहने को हमसफर है’, ‘खानदानी शफाखाना’, ‘शुक्राणु’ लगायत खेलेका थिए । 

सुशान्त सिंहले भने यसअघि नै आत्महत्या गरेका थिए । उनको आत्महत्याबारे भइरहेको अनुसन्धान अझै सकिएको छैन ।

सम्बन्धित यी समाचार पनि पढ्नुहोस्–

पंचतत्वमा बिलय भए सुशान्त, अन्त्येष्टिमा थामिएन आँशु

सुशान्तको आत्महत्याबारे उनका बाबुको नयाँ खुलासा  

'सुशान्तको मृत्युमा दुई बाबुको हात, सलमान र शाहरुखको यस्तो षड्यन्त्र'

सुशान्तको मृत्युपछि जिया आत्महत्या प्रकरण, आमाले लगाइन सलमान खानमाथि गम्भीर आरोप



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ