arrow

हेटौँडामा डीडीसीकै उत्पादन गुणस्तरहीन, दुग्ध वितरण आयोजनाविरुद्ध मुद्दा

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
heatuda-ddc.jpg

हेटौँडा ।  सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)अन्तर्गतको हेटौँडा दुग्ध वितरण आयोजनाले अखाद्य पदार्थ तथा न्यून गुणस्तरको खाद्य पदार्थ बिक्री गर्ने गरेको पाइएको छ ।  

हेटौँडा औद्योगिक क्षेत्रमा रहेको सरकारी स्वामित्वको डीडीसीको उत्पादनमा न्यून गुणस्तरको खाद्य पदार्थ फेला परेको र सस्थांनबिरुद्ध मुद्दासमेत दायर गरिएको पाइएको हो ।  

न्यून गुणस्तरको खाद्य पदार्थ बिक्रिवितरण गरेको पाइएपछि गत मङ्सिर २१ गते हेटौँडा दुग्ध वितरण आयोजनाविरुद्ध मकवानपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले जनाएको छ ।

त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले लेबल नभएका सामग्री बिक्री गर्ने हेटौँडा १९ मा रहेको हेटौँडा डेरी इन्डस्ट्री प्रालि र हेटौँडा ४ मा रहेको घर संसार सुपर मार्टबिरुद्द पनि मुद्दा दायर गरेको जनाएको छ ।

हेटौँडा डेरी र घर संसारबिरुद्द लेबल नभएको र म्याद सकिएको सामग्री बिक्री वितरण गरेकाले गत असोजमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मुद्दा दायर गरिएको बताइएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका अनुसार यस आर्थिक वर्षको ७ महिनामा बाग्मती प्रदेशका मकवानपुर, चितवन र सिन्धुली गरी ३ जिल्लामा १ सय ३९ वटा खाद्य उद्योग अनुगमन गरिएको छ  ।

कार्यालयले गत श्रावणदेखि माघ महिना सम्ममा २९ पटकमा १ सय ८० वटा खाद्य पसल अनुगमन गरिएको जनाएको छ । त्यस्तै ४७ वटा खाद्य नमुना सङ्कलन गरिएकोमा ३ वटा प्रतिकुल भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सोमकान्त रिजालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ