arrow

भागिरथी बलात्कार तथा हत्या प्रकरण

भागिरथी हत्याको एक सन्दिग्ध भारत जान लागेका बेला पक्राउ

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
bhagrathi-bhatta.jpg

काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिका-७ कि १७ वर्षीय युवती भागिरथी भट्टको बलात्कार तथा हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

उनी घटना भएको दिन दोगडाकेदारमा नै रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ती व्यक्ति सार्वजनिक पदमा आसीन व्यक्ति भएको भनिएको छ । उनी गत शनिवार महेन्द्रनगर हुँदै भारतर्फ जान लागेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले अहिलेसम्म ती व्यक्तिको पहिचान खुलाएको छैन भने पक्राउ गरिएको बारेमा आधिकारिक पुष्टिसमेत गरेको छैन । तर दुई दर्जन व्यक्तिलाई निगरानीमा राखिएको प्रहरीले बताउँदै आइरहेको छ ।

प्रहरीले हत्यामा संलग्नताको आशङ्का लागेका व्यक्तिको कपडाको प्राविधिक जाँचसमेत गरिरहेको स्रोत बताउँछ । घटनाको समयमा उनी घटनास्थल नजिकै रहेको पाइएको समेत बताइन्छ । प्रहरीले घटनामा उनको संलग्नता रहे नरहेको बारे थप अनुसन्धान गर्दै छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी तथा प्रवक्ता मुकेश सिंहले भने अहिलेसम्म कोही व्यक्ति पक्राउ नपरेको हाम्राकुरालाई जानकारी दिए ।

उनले भने,‘धेरै व्यक्तिलाई क्लोज रिङमा राखेका छौँ, विभिन्न पाटोबाट सबुत प्रमाण जम्मा गर्ने काम हुँदैछ, अहिलेसम्म कोही पक्राउ परेका छैनन्, तर केहीलाई शङ्काको घेरामा राखेका छौँ ।’

गृहमन्त्री रामबहादुर थापाले मङ्गलवार गृह मन्त्रालय पुगेको एक प्रतिनिधि मण्डलको समूहसँग भागिरथी हत्या प्रकरणमा प्रहरी दोषी नजिक पुगेको र छिटै पक्राउ गरिने भनेका थिए ।

बैतडीमा नै हत्या अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले समेत अनुसन्धानको घेरा साँघुरो हुँदै आइरहेको बताउँदै आइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ