arrow

पूर्वी नवलपरासीमा ६ किलो गाँजा सहित एक जना पक्राउ

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७७ फागुन ४ मंगलबार
gaja.jpg

कावासोती । पूर्वी नवलपरासी प्रहरीले ६ केजी गाँजा सहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्लाको देव चुली नगरपालिका वडा नं १० को धौलागिरि मार्ग बाट राती एक बजेको समयमा किलो प्रतिबन्धित लागु औषध गाँजा सहित कावासोती-१५ बस्ने प्रकाश घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिएका छन् ।

गिरीका अनुसार चेक जाँचको क्रममा लु ४२ प ६०३६ नम्बरको मोटर साइकलमा सवार घिमिरेले बोरामा लुकाएर ल्याउँदै गरेको अवस्थामा अन्दाजी ६ केजी प्रतिबन्धित लागु औषध गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका घिमिरेलाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको गिरीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ