arrow

चैत्र २१ देखि नेपालगन्जमा सातौँ प्रधानमन्त्री महिला भलिबल हुँदै

logo
सौरभ गिरी,
प्रकाशित २०७७ फागुन ४ मंगलबार
pm-women-cup.jpg

नेपालगन्ज। नेपालगन्जमा ७ औँ प्रधानमन्त्री महिला भलिबल प्रतियोगिता हुने भएको छ। बाँके जिल्ला भलिबल सङ्घ र क्रिएटिभ ह्यान्ड्सको व्यवस्थापनमा यही चैत्र २१ देखि २५ गतेसम्म प्रधानमन्त्री महिला भलिबल प्रतियोगिता हुन लागेको बाँके जिल्ला भलिबल सङ्घले मङ्गलवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

प्रतियोगितामा ७ वटा टोली सहभागी हुने भएका छन्। ७ टोली मध्ये नेपालका ५ वटा र भारत र बङ्गलादेशका १-१ टोली सहभागी हुने मङ्गलवार आयोजित पत्रकार सम्मेलन मार्फत जनाकारी दिइएको छ ।

प्रतियोगितामा नेपाली टोलीमा नेपाली सेना,नेपाल प्रहरी, एपीएफ र न्यु डायमन्ड क्लब सहभागी हुने छन् भने भारतको पुरानै रेल्वे क्लब र बङ्गलादेशबाट कुन टोली आउने भन्ने यकिन भने नभएको सङ्घले जनाएको छ।

यस ७ औँ संस्करणमा महिला शसत्तीकरणमा मदत पुग्ने उद्देश्यका साथ प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको संयोजकत्व तथा नेपालगन्ज उपप्रमुख उमा थापा मगर सहसंयोजक रहने गरी बाँकेका सबै स्थानीय तहका उपप्रमुख टोलीमा आबद्ध रहेकाले यो प्रधानमन्त्री कप अन्य प्रतियोगिता भन्दा फरक रहेको सङ्घले जानकारी दिएको छ।

यस वर्षको प्रतियोगिताको पुरस्कार राशि भने बढाएको आयोजकले जानकारी दिएको छ।बढाएको पुरस्कार राशि भने केही दिनपछि सार्वजनिक गरिने आयोजकले बताएको छ। कोरोना महामारी अझै नसकिएकाले प्रतियोगितामा स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै सञ्चालन गरिने मङ्गलवार गरिएको पत्रकार सम्मेलनमा बाँके जिल्ला भलिबल सङ्घले बताएको हो।

मङ्गलवार गरिएको पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्य कृष्णा केसी नमुना, नेपालगन्जकी उपप्रमुख उमा थापामगर , कोहलपुरकी उपप्रमुख सज्नु कुमारी थारु, रापती सोनारी गाउँपालिकाकी उपप्रमुख धनी कुमारी खत्री, खजुरा गाउँपालिकाकी उपप्रमुख, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिकाकी उपप्रमुखहरू लगायत नेपाल भलिबल सङ्घका केन्द्रीय सचिव भीम ओली , बाँके जिल्ला भलिबल सङ्घका अध्यक्ष टिएस ठकुरी र पत्रकारहरूको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ