arrow

मेस्सी स्तव्ध भएको खेलमा एम्बाप्पेले गरे ह्याट्रिक 

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
barcelona-psg.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा लियोनल मेस्सी स्तव्ध भएको खेलमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका छन् । लिगको अन्तिम १६ को पहिलो लेगको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेनिश क्लब बार्सिलोनालाई स्तव्ध पारेको हो । 

मंगलबार राति भएको खेलमा पीएसजीले बार्सिलोनालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा पीएसजीलाई जिताउने क्रममा युवा स्टार एम्बाप्पेले ह्याट्रिक गरे । 

खेलमा शुरुआती अग्रता बार्सिलोनाले बनाएको थियो । खेलको २७ औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर त्यसपछि निरन्तर पीएसजी हाबी भयो । जसमा एम्बाप्पेले ३ तथा मोइस किनले १ गोल गरे । 

घरेलु मैदानै फराकिलो हार बेहोरेको बार्सिलोनाको क्वार्टरफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । अब दोस्रो लेगको खेल २० मार्चमा पीएसजीको मैदानमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ