arrow

सलाह र मानेको गोलमा लिभरपुलको उद्दार 

logo
प्रकाशित २०७७ फागुन ५ बुधबार
liverpool46.jpg

काठमाडौं । पछिल्लो समय फर्म गुमाएको इङ्गलिश प्रिमियर लिग क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा जित हासिल गरेको छ । अन्तिम–१६ को पहिलो लेगमा लिभरपुलले सहज जित निकालेको हो ।

मंगलबार राति भएको खेलमा लिभरपुलले जर्मन क्लब आरबी लेप्जिगलाई २–० गोल अन्तरले पराजित गरेको हो । हंगेरीको पुस्कास एरिनामा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह र साडियो मानेले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लिभरपुलले गोल गरेको थियो । ५३ औं मिनेटमा सलाहले र र ५८ औं मिनेटमा मानेले गोल गरे ।  

यो जितले लिभरपुल क्वार्टरफाइनल नजिक पुगेको छ । दोस्रो लेग खेल लिभरपुलको मैदानमा मार्च १० तारिखमा हुनेछ ।

प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन लिभरपुल भने उपाधि होडबाट लगभग बाहिरिने अवस्थामा पुगेको छ । लिभरपुल २४ खेलबाट ४० अंकसहित छैटौं स्थानमा रहँदा शीर्ष स्थानको म्यान्चेस्टर सिटीको २३ खेलमा ५३ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ