arrow

आफ्नै देशको क्लबसँग हारे रोनाल्डो 

logo
प्रकाशित २०७७ फागुन ६ बिहिबार
ronaldo65.jpg

काठमाडौं । क्रिष्टियानो रोनाल्डो सम्मिलित इटालियन क्लब युभेन्ट्स रोनाल्डोकै देशको क्लबसँग पराजित भएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा युभेन्ट्स पोर्चुगिज क्लब एफसी पोर्टोसँग पराजित भएको हो ।

बुधबार राति भएको पहिलो लेगमा युभेन्ट्स पोर्टोसँग २–१ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा पोर्टोलाई जित दिलाउन मेहेदी तारेमी र मौसा मारेगाले एक एक गोल गरे ।

युभेन्ट्सका फेड्रिको चिसाले एक गोल फर्काए । यो खेलमा रोनाल्डोले निराशाजनक प्रदर्शन गरे । 

यस जितसँगै पोर्टोको क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । अब दोस्रो लेगमा पोर्टोलाई बराबरीले पुग्नेछ ।

युभेन्ट्सलाई भने दोस्रो लेगमा बलियो दावेदारी दिनुपर्नेछ । दोस्रो लेग युभेन्ट्सको घरेलु मैदानमा मार्च ९ मा हुनेछ ।

अर्को खेल
बुधबार रातिकै अर्को खेलमा स्पेनिश क्लब सेभिया पराजित भएको छ । सेभिया घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमुन्डसँग पराजित भएको हो । 

बोरुसिया ३–२ गोल अन्तरले विजयी भयो । सेभियाले सुसोको गोलबाट अग्रता लिए पनि हालान्डले २ तथा डाहोउडले १ गोल गर्दै बोरुसियालाई ३–१ को अग्रता दिलाएपछि दवावमा आएको सेभियाका लागि ल्युक डे जङले अन्त्यतिर १ गोल फर्काएका थिए । 

दोस्रो लेगको खेल बोरुसियाको मैदानमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ