arrow

सैनिक कूको विरोध प्रदर्शनमा गोली चल्यो, सवारी आवागमन ठप्प

logo
प्रकाशित २०७७ फागुन ६ बिहिबार
myanmar-birodh1.jpg

काठमाडौं । म्यानमारमा सैनिक कू भएपछि त्यसको चर्को विरोध भइरहेको छ । गत फेब्रुअरी १ तारिखमा सेनाले सत्ता हातमा लिएको विरोधमा हजारौँ प्रदर्शनकारीहरुले म्यान्मारका विभिन्न शहरमा प्रदर्शन गरिरहेका छन् ।

राजधानी याङ्गुनमा सवारी चालकहरुले गाडी तेर्साएर सडक अवरुद्ध पारेका छन् । अवज्ञाका कार्यक्रम अन्तर्गत त्यहाँ सडक जाम गरी प्रदर्शन गरिएको हो ।

म्यान्डलेमा सुरक्षा अधिकारीहरुले रेलवे स्टेसन नजिकै गोली चलाएका छन् । जसमा कम्तीमा एक जना घाइते भएको बीबीसीले लेखेको छ । प्रदर्शनकारीहरुले नेतृ आङ सान सूचीसहित अन्य निर्वाचित नेताहरुको रिहाइको माग गरिरहेका छन् ।

सेनाले त्यहाँ फेरि निर्वाचन गराउने वाचा दोहोर्याए पनि संशय व्यक्त भइरहेकोछ । संयुक्त राष्ट्रसंघले म्यानमारका लागि विशेष प्रतिवेदकले त्यहाँ सेना हिंसामा उत्रन सक्ने जनाएसँगै पछिल्ला घटनाक्रमहरु अघि आएका छन् ।



लोकप्रिय समाचार
नयाँ