- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रहरीले १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ललितपुरको महाङ्कालबाट एक जनालाई पक्राउ गरेको छ ।
स्थानीय नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गर्दै आएका पर्सा पोखरियाका २१ वर्षीय राजकुमार ठाकुरलाई बिहिबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
ठाकुरमाथि बुधबार विद्यालय पछाडिको जङ्गलमा लगेर बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ । उक्त घटनामा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
साथै ललितपुरको महालक्ष्मी नगरपालिका– १० लाकुरी भञ्ज्याङस्थित वनभोज स्थलमा गोदावरी नगरपालिका– २ त्रिवेणी बस्ने ४० वर्षीय राजु तामाङ मृत फेला परेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।