arrow

टिम टेनिस नेपाल जुनियर प्रिमियर टेनिस प्रतियोगितामा अकी र सोन्जा च्याम्पियन

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
team-tennis-nepal.-court_.jpg

काठमाडौं । अकी जुवेन रावत र सोन्जा टिम टेनिस नेपाल जुनियर प्रिमियर टेनिस प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन् । यु–१६ सिंगल्सको ब्वाइजमा अकी र गल्र्समा सोन्जा पहिलो भएका हुन् ।

धापाखेल टेनिस कोर्टमा भएको फाइनलमा अकीले आरभसम्राट हाडालाई ६–२, ५–७ र ७–६ ९५० तथा सोन्जाले सर्वानी श्रेष्ठलाई ६–० र ६–४ को सेटमा पराजित गरे ।

टिम टेनिस नेपालद्वारा आयोजित प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्स फाइनलमा दर्शिल श्रेष्ठले श्रृजन भट्टराईलाई ६–३ र ७–६ ९५० ले हराउदै पहिलो भए । 

सोही स्पर्धाको गल्र्स फाइनलमा समृद्धि महर्जनले कर्मिस्था श्रेष्ठलाई ६–२ र ७–५ ले पन्छ्याउदै शीर्ष स्थान कब्जा गरिन् । ब्वाइज यु–१४ मा अराभसम्राट हाडाले स्वर्ण जिते । उनले एकपक्षीय फाइनलमा सक्षम शाहमाथि ६–० र ६–० को सहज जित दर्ता गरे ।

त्यसै स्पर्धाको गल्र्स फाइनलमा सुनिरा थापाले प्रशंसा मोक्तानलाई ७–५ र ६–२ ले निराश पार्दै पहिलो भइन् । ब्वाइज डबल्स फाइनलमा आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीले आयुशमान घले र स्लोक खड्काको जोडीलाई ६–१ र ६–० को सोझो सेटमा सहजै पाखा लगाउदै पहिलो बने । उक्त स्पर्धाको गल्र्स फाइनलमा इशाश्री शाह र सर्वानी श्रेष्ठको जोडीले इभा अधिकारी र आइशा गुरुङको जोडीलाई ६–२ र ६–३ को नतिजामा पराजित गर्दै पहिलो स्थान हात पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ