arrow

जी ७ का नेताहरूको प्रतिबद्धता, जी २० समूहसँग मिलेर काम गर्ने

logo
सिन्ह्वा,
प्रकाशित २०७७ फागुन ८ शनिबार
g7.jpeg.jpeg

लन्डन। विश्वका ठुला अर्थतन्त्र भएका देशहरू जी ७ का सदस्य राष्ट्रहरूले जी २० समूहसँग मिलेर काम गर्ने जनाएका छन्। ती देशहरूले विश्वका कैयौँ समस्याहरूसँग सँगै मिलेर काम गर्ने बताएका छन्। हाल विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै अरू पनि कतिपय समस्याको समाधानमा लाग्ने बताएका हुन्।

यस सङ्गठनको शुक्रवार भएको भर्चुअल बैठकमा कोरोना भाइरसको महामारी, जलवायु परिवर्तनका साथै अरू पनि धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्धाहरुमा साथ साथमा मिलेर काम गर्ने जनाएका हुन्। बेलायतका प्रधानमन्त्री बोरिस् जोन्सनले अध्यक्षता गरेको यस बैठकमा सहभागी भएका जी ७ का नेताहरूको सो धारणा शुक्रवार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ।

जी७द्वारा जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा भनिएको छ, "जी ७ का हामी सदस्य राष्ट्रहरू सम्मिलित बैठक आज भर्चुअल विधिबाट बस्यो र यस बैठकमा हामी कोभिड१९ का साथै अरू पनि विभिन्न अन्तर्राष्ट्रिय समस्याहरूको समाधानका लागि सँगै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ।" सो विज्ञप्तिमा भनिएको छ, "हामीले आगामी दिनमा यस कोभिड१९को महामारीबाट मुक्त हुनुका साथै यसबाट सिर्जना भएको समस्याको समाधान गर्ने र यसले पुर्‍याएको क्षतिको पनि पुनर्निमाण गर्ने गरी मिलेर काम गर्नेछौँ।

सो जी ७ को सङ्गठनको अध्यक्षता यस वर्ष बेलायतले गरेको छ। शुक्रवार को सो भर्चुअल बैठकको अध्यक्षता पनि बेलायतका प्रधानमन्त्री बोरिस् जोन्सनले गरेका थिए। सो बैठकमा हाल कोभिड१९ को विश्वव्यापी महामारीको नियन्त्रणका साथै आवश्यक सहयोग उपलब्ध गराउने कामको नेतृत्व विश्व स्वास्थ्य सङ्गठनले गरेकोले त्यस सङ्गठनलाई पनि आवश्यक सहयोग गर्ने बताइएको थियो।

हाल विश्वमा कोरोना भाइरसको खोप वितरण भइरहेको र त्यस खोप सबैलाई उपलब्ध हुन नसक्ने अवस्था आएमा कोभ्याक्सका माध्यमबाट दिने सहयोगका लागि पनि विश्व स्वास्थ्य सङ्गठनका माध्यमबाट सहयोग उपलब्ध गराउने सहमति सो बैठकमा भएको थियो। यस जी ७ मा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य रहेका छन्। यस सङ्गठनको बैठक शुक्रवार लन्डनबाट बेलायतका प्रधानमन्त्री जोन्सनले सञ्चालन गरेका थिए।



लोकप्रिय समाचार
नयाँ