arrow

अष्ट्रेलियन ओपनको उपाधि ओसाकालाई 

logo
प्रकाशित २०७७ फागुन ९ आइतबार
naomi-osaka2.jpg

काठमाडौं । अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जापानी खेलाडी नाओमी ओसाकाले जितेकी छिन् । मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकन खेलाडी जेनिफर ब्राडीलाई पराजित गर्दै तेस्रो वरियताप्राप्त ओसाका च्याम्पियन बनेकी हुन् ।

ओसाकाले २२ औं वरियताप्राप्त ब्राडीलाई ६–४ र ६–३ को सेटमा पराजित गरिन् । सन् २०१९ की विजेता ओसाकाको यो दोस्रो उपाधि हो । उनको यो चौंथो ग्राण्डस्लाम उपाधि हो ।

यता पुरुषतर्फको उपाधि भिडन्त आइतबार हुँदैछ । फाइनलमा नोभाक जोकोभिच र डानियल मेदभेदेव भिड्दै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ