arrow

शेरधन राई पक्ष अविश्वासको प्रस्ताव पेश गर्नै नदिने रणनीतिमा, घुर्की प्रदेश सभा भंग गर्ने 

logo
प्रकाशित २०७७ फागुन ९ आइतबार
sherdhan-rai-1.jpg

काठमाडौं । प्रदेश नम्बर १ को प्रदेश सभा बैठक आइतबार दिउँसो बस्दैछ । बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।

तर उक्त प्रस्ताव पेशै गर्न नदिने प्रधानमन्त्री केपी शर्मा ओली समूहको योजना छ । नेकपाको प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ । 

सत्तापक्ष नेकपाको ओली समूहले भने अविश्वासको प्रस्ताव पेश गर्न नदिने रणनीतिमा देखिएको छ । यसअघि पनि ओली समूहको अवरोधका कारण अविश्वास प्रस्ताव दर्ता हुने सकेको थिएन । 

गत माघ २५ गते ओली समुहका सांसदहरूले विरोध जनाएपछि कार्यसूचीमा प्रवेशै नगरी बैठक स्थगित भएको थियो ।

मुख्यमन्त्री राईले भने अविश्वासको प्रस्ताव जबरजस्ती अघि बढाए प्रदेश सभा भंग गर्ने चेतावनी दिएका छन् । यो चेतावनीपछि प्रदेश सभा भंग गर्न प्रचण्ड–नेपाल समूहका सांसदहरुले चेतावनी दिएका छन् । 

नेकपाका प्रचण्ड–नेपाल समूहका ३७ सांसदले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । 

ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसको असर प्रदेशमा पनि परेको हो । बागमती प्रदेशमा पनि प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको छ । त्यहा पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ