arrow

वरिष्ठ स्त्री रोग विशेषज्ञ मीरा हाडा हेलिओसबाट सेवा दिँदै 

logo
प्रकाशित २०७७ फागुन ९ आइतबार
dr-meera-hada.JPG

काठमाडौं । वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. मीरा हाडाले हेलिओसमार्फत सेवा थालेकी छिन् । ललितपुरको जावलाखेलस्थित हेलिओस क्लिनिकबाट आफ्नो सेवा थालेकी डा. हाडाले आफ्नो चिकित्सकीय करियरमा हजारौं बिरामीको निःशुल्क उपचार गरिसकेकी छिन् । 

पाटन अस्पतालबाट सेवा निवृत्त डा. हाडा आफ्नै समाजसेवी बाबु स्वर्गीय वीरेन्द्रबहादुर हाडाको नामबाट फर्पिङ क्षेत्रमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएकी छिन् । 

निजी क्षेत्रमा बीएनबी, नर्भिक, बयोधा लगायतका अस्पतालमा समेत काम गरिसकेकी डा हाडाले काँडाघारीबाटसमेत आफ्नो सेवा दिँदै आएकी थिइन् । 

नेपाली स्वास्थ्य क्षेत्र पैसामुखी भइरहँदा डा. हाडा भने नितान्त सेवामा तल्लीन रहँदै आएको उनका समकक्षीहरु बताउँछन् । 

६ दशकबढी उमेरकी डा. हाडा अविवाहित हुन् । उनले गर्भपतनको विरोध गर्दै आएकी छिन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ