arrow

राप्ती स्वास्थ्य प्रतिष्ठानबाट लक्षित वर्गका चार सय २२ गरिबलाई निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
rapti-swstha-pratisthan.jpeg

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लक्षित वर्ग अन्तर्गत ४ सय २२ जना गरिब, असहाय र अशक्तहरुले निःशुल्क उपचार सेवा लिएका छन् । प्रतिष्ठानमा रहेको सामाजिक सेवा इकाईबाट लक्षित वर्गलाई सो सेवा दिँदै आइएको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कँडेलले पुरुष २ सय ९ जना र महिला २ सय १३ जनाले निःशुल्क उपचार सेवा लिएको जानकारी दिए । कँडेलका अनुसार नयाँ १ सय ५९ र पुराना फलोअप २ सय ६३ जना बिरामीको उपचारका लागि १३ लाख ७५ हजार दुई सय ६१ रुपैयाँ खर्च भएको छ । 

गएको साउनदेखि फागुनसम्मको तथ्याङ्क हेर्ने हो भने ३ सय ३७ जना गरिब, थुनुवा ५९ जना, असहाय ५ जना, अपांगता १६ जना र महिला स्वयमसेविका ५ जनाले लक्षित वर्ग अन्र्तगतको निःशुल्क उपचारको सेवा लिएका छन् । 

जसअनुसार उनीहरुको उपचार अन्तर्गत औषधितर्फ ९४ हजार ७ सय ८१ रुपैयाँ, अप्रेसनतर्फ २ लाख १६ हजार १० रुपैयाँ, रोगको डाइग्नोसिस गर्न इन्भेष्टिगेसनमा ३ लाख ३६ हजार ६ सय ८५ रुपैयाँ, बेड चार्जमा ४ लाख ७७ हजार ७ सय ८५ रुपैयाँ र रगतमा २ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

प्रतिष्ठानले दिएको जानकारीअनुसार गएको साउनमा ३१ जना महिला र २८ जना पुरुष गरेर ५९ जनाले सेवा पाएका छन् । जसमा गरिब ४९ जना, असहाय १ जना, अपांगता १ जना, थुनुवा ८ जनाले सेवा पाएका छन् । 

नयाँ १७ जना र पुराना ४२ जनाको उपचारका लागि औषधिमा १७ हजार १ सय १ सय ९५ रुपैयाँ, अपरेशनतर्फ ७८ हजार ८ सय ७५ रुपैयाँ, इन्भेष्टिकेशनमा ७४ हजार ३ सय ३५रुपैयाँ, बेड चार्जमा १ लाख ३२ हजार ३ सय ५ रुपैयाँ, रगतमा ३६ हजार गरेर जम्मा ३ लाख ३८ हजार ७ सय १० रुपैयाँ खर्च भएको छ ।

भदौमा ३५ जना महिला र १६ जना पुरुष गरेर ५१ जनाले सेवा पाएका छन् । जसमा गरिब ३६ जना, अपांगता ८ जना, थुनुवा ७ जनाले सेवा पाएका छन् । नयाँ १५ जना र पुराना ३६ जनाको उपचारका लागि औषधिमा २६ हजार ८ सय ४८ रुपैयाँ, अपरेशनतर्फ ५ हजार रुपैयाँ, इन्भेष्टिकेशनमा ५५ हजार १ सय ५० रुपैयाँ, बेड चार्जमा ३८ हजार ७ सय ५० रुपैयाँ, रगतमा २१ हजार गरेर जम्मा १ लाख ४६ हजार ७ सय ४६ रुपैयाँ खर्च भएको छ । यसै गरेर असोज महिनामा ३३ जना महिला र ४० जना पुरुष गरेर ७३ जनाले सेवा पाएका छन् ।

 जसमा गरिब ६१ जना, असहाय १ जना, अपांङ्गता २ जना र थुनुवा ९ जनाले सेवा पाएका छन् । नयाँ २० जना र पुराना ५३ जनाको उपचारका लागि औषधिमा ३ हजार ३ सय ९७ रुपैयाँ, अपरेशनतर्फ २२ हजार ३ सय रुपैया, इन्भेष्टिकेशनमा ४४ हजार ६ सय ५० रुपैयाँ, बेड चार्जमा ८५ हजार ३ सय ७० रुपैयाँ, रगतमा ५८ हजार गरेर जम्मा २ लाख १३ हजार ७ सय १७ रुपैयाँ खर्च भएको छ । 

यसैगरेर कार्तिक महिनामा २१ जना महिला र १८ जना पुरुष गरेर ३९ जनाले सेवा पाएका छन् । जसमा गरिब ३१ जना, अपांङ्गता २ जना र थुनुवा ६ जनाले सेवा पाएका छन् ।

नयाँ १६ जना र पुराना २३ जनाको उपचारका लागि औषधिमा २३ हजार ७ सय ५५ रुपैयाँ, अपरेशनतर्फ २१ हजार ८ सय रुपैयाँ, इन्भेष्टिकेशनमा १५ हजार ९सय रुपैयाँ, बेड चार्जमा ४७ हजार ३ सय ३५ रुपैयाँ, रगतमा १९ हजार गरेर जम्मा १ लाख २७ हजार ७ सय ९० रुपैयाँ खर्च भएको छ ।

यसैगरेर मंसिर महिनामा २२ जना महिला र २७ जना पुरुष गरेर ४९ जनाले सेवा पाएका छन् । जसमा गरिब ४१ जना, अपांङ्गता २ जना र थुनुवा ६ जनाले सेवा पाएका छन् ।

नयाँ २२ जना र पुराना २७ जनाको उपचारका लागि औषधिमा ४ सय ६२ रुपैयाँ, अपरेशनतर्फ ७ हजार ३ सय ७५ रुपैयाँ, इन्भेष्टिकेशनमा ५० हजार ३ सय रुपैयाँ, बेड चार्जमा ६६ हजार ३ सय ४० रुपैयाँ, रगतमा ३४ हजार गरेर जम्मा १ लाख ५८ हजार ४ सय ७७ रुपैयाँ खर्च भएको छ । पुस महिनामा २२ जना महिला र २८ जना पुरुष गरेर ५० जनाले सेवा पाएका छन् ।

जसमा गरिब ३८ जना, असहाय १ जना, अपांङ्गता २ जना र थुनुवा ९ जनाले सेवा पाएका छन् । नयाँ २३ जना र पुराना २७ जनाको उपचारका लागि औषधिमा ६ हजार ५ सय ७ रुपैयाँ, अपरेशनतर्फ २८ हजार ४ सय रुपैया, इन्भेष्टिकेशनमा ४० हजार १ सय रुपैयाँ, बेड चार्जमा ३२ हजार ७ सय ३५ रुपैयाँ, रगतमा २४ हजार गरेर जम्मा १ लाख ३१ हजार ७ सय ४२ रुपैयाँ खर्च भएको छ ।

त्यस्तै माघ महिनामा २८ जना महिला र २९ जना पुरुष गरेर ५७ जनाले सेवा पाएका छन् । जसमा गरिब ४३ जना, असहाय १ जना, अपांङ्गता ४ जना र थुनुवा ९ जनाले सेवा पाएका छन् ।

नयाँ २२ जना र पुराना ३५ जनाको उपचारका लागि औषधिमा १३ हजार १ सय १९ रुपैयाँ, अपरेशनतर्फ २३ हजार २ सय रुपैया, इन्भेष्टिकेशनमा ३६ हजार १ सय रुपैयाँ, बेड चार्जमा ५५ हजार ३ सय २० रुपैयाँ, रगतमा २८ हजार गरेर जम्मा १ लाख ५५ हजार २ सय १४ रुपैयाँ खर्च भएको छ ।

प्रतिष्ठानका कामु निर्देशक डा कँडेलका अनुसार फागुन महिनामा २७ जना महिला र १७ जना पुरुष गरेर ४४ जनाले सेवा पाएका छन् । जसमा गरिब ३८ जना, असहाय १ जना, थुनुवा ५ जनाले सेवा पाएका छन् ।

नयाँ १९ जना र पुराना २५ जनाको उपचारका लागि औषधिमा ३ हजार ५ सय रुपैयाँ, अपरेशनतर्फ २९ हजार ६० रुपैया, इन्भेष्टिकेशनमा २० हजार १ सय ५० रुपैयाँ, बेड चार्जमा १९ हजार ६ सय ३० रुपैयाँ, रगतमा ३० हजार रुपैयाँ गरेर जम्मा १ लाख २ हजार ३ सय ४० रुपैयाँ खर्च भएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले प्रतिष्ठानले न्युन बजेटमा पनि धेरै धेरै संख्यामा सामाजिक सेवा इकाईवाट लक्षित वर्ग अन्र्तगत गरिब, असहाय, अशक्त, अपांगता भएका ब्यक्ति, जेष्ठ नागरीकसहीत थुनुवा नागरीकहरुको निशुल्क उपचार गरिरहेको बताए ।

सरकारले केन्द्रबाट पठाइदिने बजेटले मात्र उपचार खर्च नधान्ने कारण प्रतिष्ठानले आफ्नो तर्फबाट पनि खर्च गरेर लक्षित वर्ग र जेष्ठ नागरिकलाई उपचार सेवा दिएको भन्दै छुट्याइएको बजेट भन्दा पनि धेरै खर्च शोध भर्नाका लागि मन्त्रालयसँग अनुरोध गर्ने बताए ।  

यसैबीच प्रतिष्ठानका अनुसार बितेको ८ महिनामा एक हजार बढी जेष्ठ नागरिकहरुले निःशुल्क सेवा पाएका छन् । प्रतिष्ठानका कामु अस्पताल  निर्देशक डा कँडेलले गएको साउनदेखि फागुनसम्म १ हजार ८७ जना जेष्ठ नागरिक बिरामीहरुले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेको जानकारी दिए ।

जसमा महिलातर्फ ६ सय ६२ जना र पुरुषतर्फ ४ सय २५ जेष्ठ नागरिकले सेवा लिएका हुन् । जेष्ठ नागरिकको उपचारको लागि १३ लाख २९ हजार ९ सय ७८ रुपैयाँ खर्च भएको छ । रगत, एक्सरेसहित रोगको डाइग्नोसिस गर्न निश्चित उपचारमा शतप्रतिशत जेष्ठ नागरिकलाई छुट दिने पनि गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ