arrow

स्वास्थ्य बीमा वार्षिकोत्सव

स्वास्थ्य बीमा कार्यक्रममालाई आकर्षण एवं प्रभावकारी बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
prachanda-12-25.jpg

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको आकंक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यक रहेको बताएका छन् । आइतबार ललितपुरमा आयोजित आठौँ स्वास्थ्य बीमा वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गराइ सुशासन, सामाजिक न्याय र समृद्धिको आकंक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गरी यस कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाउन आवश्यक रहेको बताए । 

उनले स्वास्थ्य बीमा ऐनको प्रावधानअनुसार औपचारिक क्षेत्र जस्तै: शिक्षक, कर्मचारी, लगायत जनप्रतिनिधिहरूको आम्दानीअनुसारको स्वास्थ्य बीमा अनिवार्य गर्न आवश्यक रहेको उल्लेख गरे । उनले स्वास्थ्य बीमामा आकर्षण बढाउन विमतिले सेवा लिने प्रक्रिया सहज बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवा प्रदायक संस्थालाई अझ सेवामैत्री बनाउने, सुशासन तथा वित्तीय अनुशासन कायम राख्ने, स्वास्थ्य बीमा कार्यक्रमबारे प्रभावकारी साक्षरता अभियान चलाउने विषय आजका प्रमुख चुनौती रहेको बताए । 

उनले स्वास्थ्य बीमालाई अझ बढी प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्था, अनलाइन सदस्यता दर्ताको व्यवस्था, रियल टाइम क्लेम सिस्टम, समयमै शोध भर्ना प्रविधिमैत्री बिमा प्रणाली जस्ता व्यवस्था र प्रावधानहरू चुनौती लक्षित सुधारका योजनाहरू रहेको बताए ।

उनले भने, ‘नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने हाम्रो संवैधानिक व्यवस्था पनि छ, त्यो प्रक्रिया अघि बढेको पनि छ । विशेषज्ञ स्वास्थ्य सेवा स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध हुँदै आएको छ । भौगोलिक हिसाबले पूर्णतः तर्फ उन्मुख भए पनि हालसम्म यस कार्यक्रममा करिब २६ प्रतिशत जनसङ्ख्या आबद्ध छ । स्वास्थ्य बीमाको नवीकरण गर्ने दर दुई तिहाइ रहेको देखिन्छ । स्वास्थ्य बीमा ऐनको प्रावधानअनुसार पनि औपचारिक क्षेत्र जस्तै: शिक्षक, कर्मचारी, लगायत जनप्रतिनिधिहरूको आम्दानीअनुसारको स्वास्थ्य बीमा अनिवार्य गर्न आवश्यक छ । यसरी मात्रै स्वास्थ्य बीमा कार्यक्रमलाई देशको अनिवार्य कार्यक्रमको रूपमा स्थापित गर्न सकिन्छ, भन्ने मेरो विश्वास छ । यस कार्यक्रममा आकर्षण बढाउन राज्य र सेवा प्रदायक निकायबाट लिनुपर्ने केही महत्त्वपूर्ण कार्यभारहरू छन् । जसमा विमतिले सेवा लिने प्रक्रिया सहज बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवा प्रदायक संस्थालाई अझ सेवामैत्री बनाउने, सुशासन तथा वित्तीय अनुशासन कायम राख्ने, स्वास्थ्य बीमा कार्यक्रमबारे प्रभावकारी साक्षरता अभियान चलाउने विषय आजका प्रमुख चुनौती हुन् । यस कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्था, अनलाइन सदस्यता दर्ताको व्यवस्था, रियल टाइम क्लेम सिस्टम, समयमै शोध भर्ना प्रविधिमैत्री बिमा प्रणाली जस्ता व्यवस्था र प्रावधानहरू चुनौती लक्षित सुधारका योजनाहरू हुन् । स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गराइ सुशासन, सामाजिक न्याय र समृद्धिको आकंक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गरी यस कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाउनै पर्दछ । यसका लागि सरकार सधैँ प्रतिबद्ध र सहयोगी रहने विश्वास व्यक्त गर्दछु ।’

सरकारले सबै स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने, सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट प्रदान गर्ने सेवा तथा सिफारिसहरूमा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्ने जस्ता महत्त्वपूर्ण नीतिगत सुधारका लागि गृहकार्य भइरहेको बताए । उनले सरकार बीमा रकमलाई बढोत्तरी गरी स्वास्थ्य बीमा कार्यक्रममा आकर्षण एवं प्रभावकारिता ल्याउन प्रतिबद्ध रहेको बताए । स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा विकास गर्न सकिने सम्भावनालाई नियालेर आवश्यक अध्ययनका आधारमा यथोचित निष्कर्षमा पुग्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ