arrow

२५ लाखसहित दुई हुण्डी कारोबारी पक्राउ

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ फागुन ११ मंगलबार
pakrau9.jpg

जनकपुरधाम। धनुषाबाट साढे २५ लाख रकमसहित दुई हुण्डी कारोबारीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

मङ्गलवार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका प्रहरी टोलीले जटही नाकाबाट अवैध रकमसहित उनीहरूलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटले जानकारी गराए ।

पक्राउ पर्नेमा महोत्तरी निवासी सञ्जय साह र भारतका विहार राज्य पिपरौन निवासी सुमित यादव रहेका छन्।

जनकपुरबाट भारतीय नम्बर प्लेटको मोटरसाइकल चढी स्रोत नखुलेका रकम रु. २५ लाख ५० हजारसहित भारत जाँदै गर्दा धनुषाको जटहीमा पक्राउ परेको उपरीक्षक भाटले जानकारी दिए।

पक्राउ परेको रकमसहित दुवै जनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ