arrow

सशस्त्रले समात्यो पाँच सय केजी कुखुरासहित सात तस्कर

logo
सौरभ गिरी,
प्रकाशित २०७७ फागुन १२ बुधबार
apf-bok.JPG

नेपालगन्ज । सशस्त्र प्रहरीले बाँकेको डुडुवा गाउँपालिकाबाट धेरैको सङ्ख्यामा मोटरसाइकल, तस्करहरूसहित ठुलो परिमाणमा कुखुरा बरामद गरेको छ।

सशस्त्र प्रहरीको खडैचा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल केसीको कमान्डमा गएको टोलीले बुधवार बिहान ३ बजे डुडुवा गाउँपालिका वडा नम्बर १ पाँजाबाट पाँच क्विन्टल भारतबाट आउँदै गरेको अवैध कुखुरा बरामद गरेको छ।

सशस्त्र प्रहरी निरीक्षक केसीको कमान्डले कुखुरासहित ७ वटा मोटरसाइकल र ७ जना तस्करहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।बरामद गरिएको सबै अवैध सामाग्रीको मूल्य साढे ४ लाख  बढीको रहेको सशस्त्र प्रहरीले जनाएको छ।  

बिहान बरामद गरिएका अवैध कुखुरा,मोटरसाइकलसहित सातै जना तस्करहरूलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार बुझाइएको सशस्त्र प्रहरीले बताएको छ।

सशस्त्र प्रहरी निरीक्षक केसीलाई विशेष सूचना आए पश्चात् रातभरको कडा अपरेसनले तस्करहरूसहितलाई पक्राउ गरेको हो। सशस्त्र प्रहरीको खडैचा बिओपीले आफ्नो मातहतको इलाकामा तस्करीविरुद्ध  विशेष निगरानी गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ