- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी गायिका अञ्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । एक बर्षदेखि सम्बन्धमा रहेकी अन्जुले थिर कोइरालासँग बुधवार विवाह गरेकी हुन् ।
दुवैजना क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा विवाह गरेका हुन् । उनीहरुको विवाहमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ ।
छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण विवाहको बिषयमा सोचेको पनि बताएकी थिइन् ।
भ्यालेन्टाइन डेका दिन अञ्जु र थीरले प्रेम सार्वजनिक गरेका थिए । थिरसँगको एक अन्तर्वार्ताको क्रममा अञ्जुको भेट भएपछि भने उनीहरु नजिक भएका थिए ।