arrow

नारायणीमा बेपत्ता भिमबहादुरको शव एपीएफले निकाल्यो

logo
प्रकाशित २०७७ फागुन १३ बिहिबार
water-kill.jpg

पूर्वी नवलपरासी । नारायणी नदीमा डुबेर बेपत्ता भिमबहादुर थापाको शव एपीएफ टोलीले निकालेको छ । बेपत्ता भएका पूर्वी नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका १० पितौजी बस्ने ३५ वर्षीय भिमबहादुर थापाको शव एपीएफ टोलीले बुधवार फेला पारेको हो ।

बुधवार नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने जानकारी पाउना साथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट एपीएफ टोली तत्कालै उनको खोजी कार्यको लागि खटिएको थियो ।

एपीएफ टोलीले स्थानीय बोटेहरूको सहयोगमा निज थापाको शव नारायणी नदीबाट बाहिर निकाली स्थानीय प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ