arrow

पर्यटन उद्योग धराशयी भएको भन्दै पर्यटन व्यवसायीले राखे १० बुँदे माग

logo
प्रकाशित २०७७ फागुन १५ शनिबार
tourist-guide.jpg

काठमाडौं । कोरोना (कोभिड–१९) भाइरस संक्रमणका कारण नेपालको पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशयी हुँदा समेत सरकार गम्भीर नबनेको पर्यटन व्यवसायीहरुले दुःखेसो गरेका छन् ।

करिब ३२ वटा संघ संस्थाका प्रतिनिधिले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्,‘महामारीका कारण हामी पर्यटन ब्यवसायीहरुलाई परेको मर्काहरु बारम्बार नेपाल सरकार र सरकारका विभिन्न निकायहरुमा लिखित र मौखिक रुपमा राखी सम्बोधनका लागि अनुरोध गर्दै आइरहेको अवस्था थियो।

यद्यपी पर्यटन ब्यवसायीहरुलाई परेको पीरमर्कालाई सम्बोधन गरी थला परेको पर्यटन व्यवसायलाई  पुर्नजीवन दिनेतर्फ नेपाल सरकार अझै पनि गम्भीर नबनेको देखिन्छ ।’ उनीहरुले १० वटा मागहरु राखेर पर्यटन क्षेत्रलाई सहज र सरल रुपमा संचालनको अवसर प्रदान गर्न उनीहरुले माग गरेका छन् ।

१. ​७२(बहत्तर) घण्टाको पीसीआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकहरुका हकमा ७ (सात) दिनसम्म अनिबार्य क्वारेण्टाइनमा बस्नपर्ने प्रावधान हटाउनुपर्ने ।

२.​अनलाइन र अराइभल भीषा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरुबाट भीषाको ब्यवस्था पूर्ववत् रुपले गराउनुपर्ने ।

३.​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेशिन राख्नुपर्ने ।

४. हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरु यथाशीघ्र खोल्न पहल गर्नुपर्ने ।

५.​कोरोना विरुद्धको भ्याक्सिन पर्यटन ब्यवसायी र पर्यटन श्रमिकहरुलाई उपलब्ध गराउनुपर्ने ।

६.​नेपाल र चीनबीचको सीमा नाकाहरु यथाशीघ्र खोल्न पहल गर्नुपर्ने ।

७.​नेपाल घुम्न आउने पर्यटकहरुले कम्पनीबाट अनिबार्य गाइड तथा पदयात्रा सहयोगी लिएरमात्र नेपाल भ्रमण गर्न–गराउन पाउनु पर्ने ब्यवस्था गर्नुपर्ने ।

८.नेपाल–भारतका र नेपाल(चीन सीमानाहरुबाट भित्रिने पर्यटकहरुलाई सरकार तथा सम्बन्धित निकायबाट अनुगमन गर्नुपर्ने ।

९.कम्तिमा ५००० हजार अमेरिकन डलर बराबरको कोरोना बिमा हटाउनुपर्ने ।

१०.कोरोना विरुद्धको भ्याक्सिन पुरा मात्रा लगाई आएका पर्यटकलाई सहज र निर्बाध रुपमा घुम्न दिनुपर्ने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ