arrow

करिश्माको गुनासो: नेताहरुले प्रयोग गर्ने शब्दमा अपराधिक मानसिकता देखिन थाल्यो

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
Karishma.jpg

काठमाडौं । नायिका करिश्मा मानन्धरले नेपाली नेताहरुको अभिब्यक्ति र प्रयोग गरिने शब्दहरुमा अपराधिक मानसिकता देखिन थालेकाले सम्मानको भावना विकास गर्नुपर्ने सुझाव दिएकी छिन् ।

हालै एक सार्वजनिक कार्यक्रममा नेकपा नेता रघुजी पन्तले महिला नेतृहरु पिंडुला देखाएर पदमा पुग्न सफल भएको भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै आफू र अरुलाई सम्मानको भावना विकास गर्न सुझाव दिएकी हुन् ।

सोमबार सामाजिक संजालमा उनले लेखेकी छिन्–‘ठुला ठुला विचार बोक्छु भन्ने दावी गरेका, ठुला ठुला नाम भएका हाम्रा राजनीतिक अभिभावकहरुको एक अर्कोप्रति टिप्पणी र प्रतिकार गर्ने  शब्द चयन देखेर आश्चर्यमा पार्थ्यो !

घोचपेच र ठट्यौलीको अभिव्यक्ति हो कि भन्ने भान पनि हुन्थ्यो ! अब त हुँदाहुँदा शब्दमा अपराधीक मानसिकता पनि देखिन थाल्यो, त्यो अभिव्यक्ति सुन्दा पनि त्यो स्तरको संकीर्ण सोच र तुच्छ भावना बोकेको देखेर सेतै फुलेका बुज्रुकप्रति दया पनि लाग्यो !

सुझाव दिन मन लाग्यो । आदरणीय, पहिला आफुले आफुलाइ सम्मान गर्नुस, अनि अरुलाई सम्मान गर्न स्वतः सक्नुहुनेछ । छोरीचेली बारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्नुस, ताकी समाजले यो सुन्नुपर्दा लज्जा महसुस नहोस ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ