arrow

महिला दिवसमा खुला महिला म्याराथन प्रतियोगिता

logo
हाम्रा कुरा
प्रकाशित २०७७ फागुन १७ सोमबार
marathon1.jpg

पाल्पा रामपुर । रामपुर नगरपालिकाले महिला दिवसमा खुल्ला महिला म्याराथन प्रतियोगिता गर्ने भएको छ ।  रामपुर नगरपालिकामा भएको सरोकारवाला महिलाहरूको भेलाले दिवसलाई प्रतिस्पर्धात्मक रूपमा मनाउने निर्णय गरेको हो ।

मार्च ८ अर्थात् आउँदो फागुन २४ गते  मनाइने १ सय ११ औँ महिला दिवसमा महिलाहरूलाई प्रतिस्पर्धी, अब्बल र सक्षम महसुस गराउन यस्तो किसिमको प्रतियोगिता राखिएको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताइन् । विगतमा बजार क्षेत्रमा र्‍याली र सचेतना कार्यक्रम गरेर मनाउने गरेकोमा यसबर्ष झन्डै २ किलोमिटर दुरीमा दौडको आयोजना गरेको उनले बताइन् ।

No description available.

 रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले समाजका हरेक क्षेत्रमा महिलाको सहभागिता र भूमिका उत्तिकै हुने बताए । विद्यालयमा मात्र महिलाहरू बिचको म्याराथन प्रतियोगिता हुने गरेकोमा हाल विभिन्न समयमा महिलाहरूको खुला म्याराथन प्रतियोगितामा उल्लेख्य सहभागी हुने गरेको बताउँदै घरबाट निस्केर यस्तो खेलमा सहभागी हुँदा र प्रतिस्पर्धाले छुट्टै उत्साह दिलाउने बताए।

प्रतियोगितामा सहभागी हुन चाहनेले नगरपालिकाको महिला शाखामा फागुन २२ गते भित्र नाम दर्ता गरिसक्नुपर्ने, फोनबाट ९८४९९१४५८७ र ९८६७३५५६०२ मा पनि नाम  टिपाउन सक्ने महिला तथा बालबालिका शाखाका पूजा परियारले जानकारी दिइन् । म्याराथनको लागि नगरपालिका कार्यालय परिषरबाट बजार चोक - पाचकुने चोक- नमुनामार्ग- बालकल्याण प्रावि - रामपुर अस्पताल सानीअमराई हुँदै कालीआप- डुम्रीगाउ शिवालय चोक किसानबारी बजार हुँदै आँखा अस्पताल प्राङ्गण चौर सम्मको रुट तय गरिएको महिला शाखाले जनाएको छ ।

पहिले २०० दर्तासम्म भाग लिन चाहने प्रतियोगीलाई महिला दिवसको नारा सहितको टिसर्टको व्यवस्था गरिनेछ भने त्यो भन्दा बढी सहभागी भए आफ्नै पनि पोसाकमा सहभागी हुन सक्ने गरी व्यवस्था गरिएको छ । यस वर्षको नारी दिवसको नारा "महिलाको सुरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको आधार" रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद  १० हजार,  द्वितीयले नगद ५ हजार तृतीयले नगद २५ सय र सान्त्वना ७ जनाले १/१ हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ