arrow

नरहरिनाथको वैचारिक उत्तराधिकारी जरो किलो महाअभियान

logo
प्रकाशित २०७७ फागुन १८ मंगलबार
yogi-narharinath.jpg

काठमाडौँ । योगी नरहरिनाथले अनेकौँ सङ्घर्ष गरेर नेपालको धर्म, संस्कृति, शिक्षा तथा राजनीतिमा मौलिकता प्रवद्र्धनका लागि पहल गरेकाले उनको योगदान भावी पुस्तासम्म लगिनुपर्नेमा जोड दिइएको छ ।

जरो किलो प्रतिष्ठान नेपालको आयोजनामा १०७औँ योगी नरहरिनाथ जयन्तीका अवसरमा युगनिर्माण महिला समाजले मंगलबार गरेको कार्यक्रममा नेपालको पुनःजागरणका संवाहक योगी नरहरिनाथले पुर्‍याएको योगदानका बारेमा स्मरण गरिएको थियो ।

जरो किलो महाअभियानका सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीले कालीकोट जिल्लामा जन्मिका योगी नरहरिनाथलगायत नेपालको पुनर्जागरणको चेतना भएका अग्रजले शुरु गरेको परिकल्पनालाई निष्कर्षमा पुर्‍याउन जरो किलो महाअभियानको स्थापना भएको बताए ।

योगी नरहरिनाथसहित पृथ्वीनारायण शाह, मोतीराम भट्ट, शुक्रराज शास्त्री, लक्ष्मीप्रसाद देवकोटा, स्वामी विशुद्धदेव, नयराज पन्त, सिद्धिचरण श्रेष्ठलगायतका अन्य धेरै महान् आत्माको चिन्तनको जगमा रहेर गरिएको अनुसन्धान, अनुष्ठान र साधनाको फल स्वरुप सहृदयता दर्शन, आधारशिला चतुष्टय, राज्यराष्ट्र सिद्धान्त र स्थितिगत्यात्मक प्रगतिवादको निर्माण भएको जरो किलो महाअभियानले जनाएको छ ।

सहृदयता समाज नेपालका अध्यक्ष बलराम प्रजापति, सनातन धर्म महासङ्घका महासचिव अभिषेक जोशी, प्रतिष्ठानका कार्यवाहक अध्यक्ष श्रीरामप्रसाद पोखरेलले नेपालमा शिक्षा प्रणालीमा खोट रहेको कारण विदेशी विचारक तथा अभियन्तालाई मात्र मान्ने र पुज्ने तर आफ्ना महान् गुरुहरुलाई उपेक्षा गर्ने नागरिक तयार भइरहेकोमा चिन्ता व्यक्त गरे ।

मातृभाषामा शिक्षा दिएर नेपालको मौलिक विविधताको संरक्षण र प्रवद्र्धनमा योगीजीले जोड दिको उनहरुको भनाइ थियो । महिला समाज सदस्य सुनिता डाँगीले मौलिक ज्ञान परम्पराको उजागर गरी लैङ्गिक समानताको लागि योगी नरहरिनाथले दिनुभएको मार्गदर्शन मननीय भएको बताए ।

मौलिक जरो किलो पार्टीका उपमहासचिव लक्ष्मण पोखरेलले योगी नरहरिनाथले पृथ्वीनारायण शाहको दिव्यउपदेश प्रकाशन गरेर जनजनमा राष्ट्रिय एकताको सन्देश पुर्‍याउनुभएको स्मरण गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ