arrow

सैन्य ‘कू’ को अत्याचार

एकैदिन कम्तीमा ३८ प्रदर्शनकारीको मृत्यु, बालकलाई पनि छोडेन   

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
myanmar-ku4.jpg

काठमाडौं । म्यानमारमा सैन्य कूको विरोधमा भएको प्रदर्शनमा सुरक्षाकर्मीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा ३८ जनाको ज्यान गएको छ । बुधबार एकै दिन ठूलो संख्यामा ज्यान गएको हो । 

मारिनेमा १४ र १७ वर्षका बालकहरु पनि रहेको बीबीसीले जनाएको छ । त्यस्तै १९ वर्षीया युवतीको पनि ज्यान गएको छ । 

प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा भएको यो घटना अहिलेसम्मकै ठूलो हो । गत फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सेनाले सत्ता नियन्त्रणमा लिएपछि जारी प्रदर्शनका क्रममा पछिल्लो समय सुरक्षाकर्मीले निर्मम व्यवहार देखाउँदै आएको छ । 

सुरक्षाकर्मीको निर्मम व्यवहारको विश्वले नै गम्भीर रुपमा लिएको छ । संयुक्त राष्ट्रसंघले अत्याचार नगर्न पटक पटक सेनालाई चेतावनी दिए पनि सेनाले वास्ता गरेको छैन । 

युरोपेली राष्ट्रहरूले म्यानमारलाई प्रतिबन्ध लगाइसकेका छन् । 

सेनाले सत्तारुढ दलकी नेतृ आङसाङ सूचीसहित विभिन्न नेताहरूलाई नियन्त्रणमा लिएर सत्ता हातमा लिएको थियो । 

गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको भन्दै नयाँ निर्वाचन गराउने घोषणा गरेको सेनाले म्यानमारमा एक वर्षका लागि संकटकालको घोषणासमेत गरेको छ । 

सूचीलाई केही दिनअघि अदालतमा पेश गरिएको भिडियो सार्वजनिक गरिएको थियो । अन्य नेताहरुलाई कहाँ राखिएको छ भन्ने पनि यकिन भएको छैन । 

सूचीलाई पनि कहाँ राखिएको छ भन्ने सेनाले बताएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ