arrow

टी–२० मा अष्ट्रेलियालाई हराउँदै सिरिज न्यूजिल्याण्डलाई 

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
nz-cricket-win-aus.jpg

काठमाडौं । न्यूजिल्याण्डले अष्ट्रेलिया विरुद्धको पाँच खेलको टी–२० क्रिकेट सिरिज जितेको छ । विलिङटनमा आइतबार पाँचौं तथा अन्तिम खेलमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै घरेलु टोली न्यूजिल्याण्डले सिरिज ३–२ ले आफ्नो पक्षमा पार्न सफल भएको हो । 

अष्ट्रेलियाले दिएको १ सय ४३ रनको विजयी लक्ष्य न्यूजिल्याण्डले १५.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । मार्टिन गुप्टिलले ७१ रन बनाए । उनले ४६ बलमा ४ छक्का र ७ चौका प्रहार गरेका थिए । 

डेभोन कोन्वेले ३६ तथा ग्लेन फिलिप्सले ३४ रन बनाए । कप्तान केन विलियमसन भने डकआउट भए । 

अष्ट्रेलियाका रिले मेरेडिथले २ तथा झाए रिचर्डसनले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ४२ रन बनाएको थियो । म्याथ्यु वेडले ४४, आरोन फिन्चले ३६ तथा मार्कुस स्टोनिसले २६ रन बनाए ।

घरेलु मैदानमा इश सोधीले ३ विकेट लिए । टिम साउथी र ट्रेण्ड बोल्टले २–२ विकेट लिए । मार्टिन प्लेयर अफ द म्याच भएका छन् । इश सोधी प्लेयर अफ द सिरिज भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ