- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बलिउड अभिनेता शाहरुख खान दिल्लीलाई धेरै माया गर्छन्। जब उनी दिल्ली पुग्छन्। उनी फरक तरीकामा देखिन्छन् । शनिवार शाहरुख दिल्ली पुगे। जहाँ उनी आफ्ना बाबुआमालाई भेट्न चिहानमा पुगेका थिए । उनले आफ्ना आमा बुबाको चिहानमा आफ्नो शिर झुकाएर यादमा डुबे, उनले शिर चिहानमा राखेर केही समय सँगै बिताए।
दिल्ली पुगेसँगै शाहरुखले सबै कामहरू छोडेर पहिले चिहानमा आफ्ना माता-पितालाई भेट्न जान्छन् र श्रद्धांजलि दिन्छन्। यस पटक उनी सेतो सर्ट र कालो पेन्टमा देखिए । केही मानिसहरू शाहरुखको वरिपरि उभिएका पनि देखिन्छन्।
शाहरुख खान प्राय: आफ्नो अन्तर्वार्ता दिल्लीको बारेमा कुरा गरिरहेका हुन्छन् । उनी जब दिल्लीमा पुग्छन् आफ्नो आमाबुबा पनि यही रहेको सोच्ने गर्दछन् । सधैँ उनी पहिले आफ्नो बाबुआमालाई भेट्न पुग्छन्।
शाहरुख खानले भनेका थिए,'मलाई मानिसहरूले मुम्बईको बासिन्दा सम्झन्छन् । तर सत्य यो हो कि मैले कहिल्यै दिल्ली छोडेको छैन । मेरो बाबु आमा यही हुनुहुन्छ।'
शाहरुख भन्छन् जब उनी त्यहाँ जान्छन्। उनी प्रार्थना गर्दै उदास हुन्छन्।
शाहरुखका बुबाको नाम मीर ताज मोहम्मद खान र आमाको नाम लतीफ फातिमा थियो। उनका बुबा मृत्यु क्यान्सरबाट भएको थियो । साथै उनकी आमाले सन् १९९० मा संसारबाट बिदा लिएकी थिइन् ।