arrow

काठमाडौँमा हेल्थ वाइज पोलिक्लिनिक सञ्चालनमा

logo
प्रकाशित २०७७ फागुन २५ मंगलबार
anurada-polyclinic.jpg

काठमाडौँ। काठमाडौँको बानेश्वरस्थित भिमसेनगोलामा हेल्थ वाइस पोलिक्लिनिक आजदेखि सञ्चालनमा आएको छ। फिलिपिन्समा सौन्दर्य उपचार (यष्थेटिक ट्रिटमेन्ट) मा उच्च शिक्षा हासिल गरी सो उपचारमा अन्तर्राष्ट्रिय अनुभव समेत हासिल गरेका युवाहरूको समूहले स्थापना गरेको उपचार केन्द्रको माइती नेपालको अध्यक्ष अनुराधा कोइरालाले उद्घाटन गरेकी हुन्।

कस्मेटिक सर्जरीको सेवालाई प्रमुख कार्य बनाएको यस पोलिक्लिनिकले स्वास्थ्य उपचार तथा सौन्दर्य उपचारलाई संयुक्त रूपमा अगाडी बनाउने उद्देश्य राखेको छ। सौन्दर्य र स्वास्थ्य उपचार दुवै बिदालाई एकैसाथ अगाडी लाने यो नेपालकै पहिलो पोलिक्लिनक रहेको सञ्चालकहरूको दाबी रहेको छ।

पोलिक्लिनिक स्थापनाको केही समयभित्रै पूर्ण रूपमा संस्थागत अस्पतालमा परिणत गरिने लक्ष्य रहेको जानकारी दिँदै संचालनक हरूले यस उपचार केन्द्रमा जोकसैले पनि सस्तो, भरपर्दो र सुलभ सेवा प्राप्त गर्न सक्ने बताए।

“नेपालमा सौन्दर्य उपचारको उच्च माग रहेता पनि प्रभावकारी तथा उत्कृष्ट सेवा प्रदान गर्ने उपचार केन्द्रको अभाव रहेकाले सोलाई परिपूर्ति गर्ने उद्देश्यका साथ यस पोलिक्लिनिक सञ्चालनमा ल्याइएको हो,” पोलिक्लिनिकका सञ्चालक डाक्टर विजय भट्टराईले बताए।

सौन्दर्य उपचारको लागि बर्सेनि दसौँ लाख रुपैयाँ बाहिरिइरहेको जानकारी दिँदै उनको पोलिक्लिनिकले उक्त रकम बिदेसिनबाट रोक्ने समेत उनले विश्वास व्यक्त गरे।

नेपालमै पहिलो पटक लेजर ट्रिटमेन्ट र कस्मेटिक सर्जरीको सेवा सुरु गर्न लागेको जानकारी दिँदै पोलिक्लिनिकका सेवाहरूले मानिसलाई शारीरिक र मानसिक रूपमा स्वास्थ्य राख्न र राम्रो देखिन सघाउने सञ्चालकहरूले बताए।

यस पोलिक्लिनिकले सौन्दर्य उपचार अन्तर्गत हेयर ट्रान्सप्लान्ट एन्ड रेष्टोरेशन, लेजर्स एन्ड एस्थेटिक, न्युट्रिशन एन्ड एड्भान्स् स्लिमि¨ र फेसियल प्लास्टिक सर्जरी एन्ड कस्मेटिक सर्जरीअन्तर्गतका सेवाहरू दिनेछ भने स्वास्थ्य उपचारअन्तर्गत डर्माटोलोजी, इन्डोक्रिनोलोजी, नाक, कान र घाँटी, कार्डियोलोजी र अर्थोपेडीक अन्तर्गतका सेवाहरू दिनेछ।

हप्ताको सातै दिन बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला रहने यस उपचार केन्द्रले सञ्चालनमा आएको अवसरमा आºना हरेक ग्राहक तथा बिरामीहरूलाई एक महिनासम्म सबै खाले उपचारमा १५ प्रतिशतसम्मको छुट दिने घोषणा गरेको छ।

कार्यक्रममा बोल्दै पूर्व चिकित्सक सङ्घको अध्यक्ष डा. अन्जनी कुमार झाले अन्य पोलिक्लिनिक भन्दा फरक सुविधा र सेवा यसमा पाइने बताए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ