arrow

इङ्गल्याण्ड सामु भारतको घरमै आत्मसमर्पण

logo
प्रकाशित २०७७ फागुन २९ शनिबार
india-england-t-20-2021.jpg

काठमाडौं । टी–२० क्रिकेटमा भारतले इङ्गल्याण्ड सामु घरेलु मैदानमै आत्मसमर्पण गरेको छ । अहमदाबादमा भएको पहिलो टी–२० क्रिकेटमा भारत ८ विकेटले पराजित भएको हो । 

शुक्रबार राति भएको खेलमा भारतले दिएको १ सय २५ रनको लक्ष्य पाहुना टिमले १५.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । ओपनर जासन रोयले ३२ बलमा ४९, जोस बटलरले २४ बलमा २८ रन बनाए । 

त्यस्तै जोनी बेयरस्ट्रले १७ बलमा नटआउट २६ तथा डेविड मालनले २० बलमा नटआउट २४ रन बनाए । भारतका युजभेन्द्र चहल र वासिङटन सुन्दरले १–१ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा मात्र १२४ रन बनाएको थियो । भारतका श्रेयस एेयरले ४८ बलमा ६७ रन बनाए । 

त्यस्तै रिषभ पन्तले २३ बलमा २१, हार्दिक पाण्डेयाले २१ बलमा १९ रन बनाए । कप्तान विराट कोहली भने ‘०’ रनमा आउट भए । 

भारतका लागि ऐयर बाहेक कसैले पनि सत्प्रतिशत भन्दा बढी रनरेटमा खेल्न सकेनन् । भारतले शुरुआती ३ रन जोड्दा २ विकेट गुमाएको थियो । जोफ्रा आर्चरले ३ विकेट लिए ।

जितसँगै इङ्गल्याण्डले ५ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

भारतको सन् २०२१ मा टी–२० मा पहिलो हार हो । भारत यो वर्षको पहिलो टी–२० मै हारबाट शुरुआत गरेको छ । त्यसैगरी भारतले घरेलु मैदानमा १२ टी–२० जितपछि पहिलो हार बेहोरेको हो । 

यसअघि भारतलाई सन् २०१९ को ८ डिसेम्बरमा वेस्ट इन्डिजले हराएको थियो । 

दोस्रो टी–२० खेल अहमदाबादमा आइतबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ