arrow

भारतीय सहयोगमा मलंगवा नगरपालिकाको वडा नं ३ र ४ मा कल्भर्ट र ढल निर्माण

logo
प्रकाशित २०७७ फागुन २९ शनिबार
sarlahi-culverts.jpg

सर्लाही। भारत सरकारको ४ करोड २७ लाख ८० हजारको आर्थिक सहयोगमा सर्लाही जिल्लाको मलंगवा नगरपालिकाको वडा न ३ र ४ मा कल्भर्ट र ढल निर्माण भएको छ। नवनिर्मित संरचनाको वीरगन्जस्थित भारतको महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार र मलंगवा नगरपालिकाका मुख्य प्रशासनिक अधिकृत होमनाथ सुवेदीले संयुक्त रूपमा उद्घाटन गरे।

“नेपाल भारत विकास सहकार्य” कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा कल्भर्ट र ढल निकासी निर्माण दुई प्याकेज मार्फत गरिएको दूतावासले जनाएको छ। नगरपालिकाको खानेपानी चोक देखी नगरपालिका चोकसम्मको ८०० मिटर र शिव सागर चोक सडक देखी विश्वकर्मा चोक सडकसम्मको ५०० मिटरको ढल तथा कल्भर्ट निर्माण भारत र नेपाल सरकार बिचको सम्झौता अन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको हिस्सा भएको भारतीय दूतावासले जनाएको छ।

उक्त  कल्भर्ट र ढल निकास निर्माण का लागि भारतीय दूतावास, काठमाडौँ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत नगरपालिका कार्यकारीको कार्यालय, मलंगवा नगरपालिका बिच सम्झौता भएको थियो। यो नवनिर्मित नालाले मलंगवा नगरपालिकाको ढल निकासी र सरसफाई प्रणाली बढाउने अपेक्षा गरिएको छ।

उक्त परियोजनाले मलंगवा नगरपालिकामा रहेको ५०० घरपरिवारलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपले लाभ पुर्‍याउने छ। यस परियोजनाले नेपाल र भारतबिचको विकास साझेदारीलाई प्रतिविम्ब गर्नुका साथै फोहोर व्यवस्थापनको क्षेत्रमा पूर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुर्‍याएको  दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ