- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतकै पहिलो आवाजसहितको चलचित्र सन् १९३१ को मार्च १४ तारिखमा पहिलो प्रदर्शन भएको थियो । यो फिल्म भारतको मुम्बईस्थित मेजेस्टिक चलचित्र हलमा प्रदर्शन भएको थियो । उक्त चलचित्रको नाम हो ‘आलम आरा’ ।
यो फिल्मको टिकट त्यो समयमा ५०–५० रुपैयाँमा ब्ल्याकमा बिकेको थियो । उक्त फिल्मको पहिलो शो दिउँसो ३ बजे देखाउने भनिएको भए पनि बिहान ९ बजेदेखि नै सिनेमाघर बाहिर भीड जम्मा भएको थियो ।
त्यसैले पनि मार्च १४ लाई बलिउडमा विशेष दिनका रुपमा लिइन्छ । यो फिल्म एक राजकुमार र एक फिरन्ते केटीको प्रेममा आधारित फिल्म हो । यसलाई जोसेफ डेभिडले लेखेका थिए ।
अर्देशिर ईरानीको निर्देशनमा तयार भएको यो फिल्ममा मास्टर विट्ठल, जुबैदा, जिल्लो, शुशीला र पृथ्वीराज कपूर कलाकारका रुपमा रहेका थिए ।
यो फिल्मा ७ गीतसमेत रहेका थिए । ‘दे दे खुदा के नाम पे’ भारतीय चलचित्र क्षेत्रको पहिलो गीत मानिन्छ । उक्त गीत यो फिल्ममा थियो । यसलाई वजीर मोहम्मद खानले गाएका थिए ।
दुई घण्टा चार मिनेटको उक्त फिल्मको एउटा पनि प्रिन्ट अहिले छैन । एजेन्सी