arrow

‘बीबीसी मास्टर सेफ’ उपविजेता सन्तोषलाई सैयौं केटीको प्रस्ताव, ५१ केजी फुलको मालाले स्वागत

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ चैत १ आइतबार
santosh-saha.JPG

जनकपुरधाम । ‘बीबीसी मास्टर सेफ’ उपविजेता एवम् चर्चित नेपाली सेफ सन्तोष शाहलाई आइतबार जनकपुरमा ५१ केजी फुलको मालाबाट स्वागत गरिएको छ ।  बीबीसी मास्टर सेफमा नेपाली परिकारलाई विश्वभरि चिनाएका सेफ शाहलाई नेपालको विभिन्न सहरमा भव्य स्वागत र सम्मान गरिने क्रम जारी छ । सोही क्रममा सेफ सन्तोष शाह लाई जनकपुरधाममा भव्य स्वागत र सम्मान गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दीपेन्द्र शाहको अगुवाइमा आइतबार जनकपुरधाम एयरपोर्ट मा ५१ केजी फुल को माला लगाएर त्यसपछि केक काटेर मास्टर सेफ शाहलाई स्वागत गरिएको छ।

जनकपुरधाम विमानस्थलमा उनकी आमा समेत पुगेकी थिइन् । एयरपोर्टमा दियो र धूप बाली छोरालाई फुल माला र टिका लगाउन तम्तयार करिब ९५ वर्षकी उनकी आमाको खुसीको कुनै सिमाना थिएन । सन्तोषले आमालाई पहिलो शब्द खाना खानुभयो ? भनेर सोधेका थिए । पत्रकारहरू सँगको कुराकानीमा सन्तोषले आफू काठमाडौँ आएर भान्से कुनै पनि जागिर भन्दा कम होइन भन्ने कुरा बुझाउन सक्रिय रहेको बताएका छन् ।

विमानस्थलमा स्वागत गर्न पुगेका युवाहरू सन्तोषले देशको नाम विश्वमै उज्ज्वल पारेको र सिराहादेखि भारतको गुजरात हुँदै लन्डन सम्मको १८ वर्षको यात्रामै देशको शान उच्च पारेको भन्दै न्यानो स्वागत सहितको केक समेत विमानस्थलमै काटेर खुसी बाँडिएको थियो ।

उनले आफू पहिला लन्डनमै रेस्टुरेन्ट खोल्ने र पछि नेपालमा पनि खोल्ने सोच रहेको बताए भने साइत जुरे विवाह समेत गर्ने सङ्केत गरेका छन् । उनकी आमाले सन्तोषको विवाहका लागि सैयौं केटी पक्षको प्रस्ताव आइरहेको सुनाइन । छोराले विवाह गरे आफूलाई खुसी लाग्ने उनले बताइन । जानकी मन्दिरमा दर्शन पछि साथी भाइलाई भेटेका सन्तोष आजै गृह जिल्ला सिराहा प्रस्थान गरेका छन् ।

उनलाई स्वागत गर्न सयौँ मोटर साइकल लिएर युवाहरू जनकपुर एयरपोर्ट पुगेका थिए ।  एयरपोर्टमा भव्य स्वागत गरी सिधा जानकी मन्दिर जानकी दर्शन गरेर त्यसपछि वडाध्यक्ष शाहको निजी निवासमा खाना खाएका थिए । मधेशको भूमिलाई नेपाली परिकार मार्फत विश्वभरि चिनाएका सन्तोष शाहलाई विद्यार्थी, व्यापारी, पेसाकर्मी, व्यावसायीहरुलाई समेत स्वागत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ