arrow

सात वर्षीय बालकको मृत्यु भएपछि दिनभर प्रदर्शन

logo
प्रकाशित २०७७ चैत १ आइतबार
dead2.jpg

विराटनगर ।  विराटनगरको बरगाछीस्थित लाइफ गार्ड हस्पिटल प्रालि आइतवार दिनभरि तनावग्रस्त बनेको छ । उपचारार्थ भर्ना भएका सात वर्षीय बालकको उपचारका क्रममा आइतवार बिहान मृत्यु भएपछि हस्पिटल दिनभर तनावग्रस्त बनेको हो । सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेका सात वर्षीय करन मण्डलको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै दिनभर प्रदर्शन गरेका थिए ।

गत फागुन २६ गते राति ९ बजे करनले बान्ता गर्न थालेपछि लाइफ गार्ड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पताल ल्याउँदा करनको मुखमा डिजलको गन्ध आएकाले डिजेल खाएको भन्दै अस्पतालको आकस्मिक वार्डमा भर्ना गराएको केही घण्टामा नै चिकित्सकको सल्लाहमा भेन्टिलेटरमा राखिएको छिमेकी अर्जुन भण्डारीले बताए ।

बच्चाका बारेमा चिकित्सकलाई सोध्दा सुधार हँुदै गएको बताइरहेका बेला आइतवार बिहान ९:३० मा बालकको मृत्यु भएको अस्पतालले जनाएको बुबा हरमुनि मण्डलले बताए । “बिहानसम्म बच्चा ठीक थियो, बोलेको पनि थियो”, बुबा मण्डलले भने । आधा घण्टापछि बालकको मृत्यु भएको खबर अस्पतालबाट आउँदा अचम्म लागेको  भन्दै भर्ना भएको छोरालाई अस्पतालले घर लैजान भनेपछि किन नलगेको भनी उल्टै हप्काएको हरमुनिले बताए ।

चिकित्सकको लापरवाहीका कारण बालकको मृत्यु भएको कारण देखाई पीडितका आफन्तले अस्पतालको मुख्यद्वारमा ताल्चा लगाएर नारा जुलुस गरेका थिए । अस्पताल प्रशासनले चिकित्सकको कुनै लापरवाही नभएको र माग गरिएको क्षतिपूर्ति पनि दिने भनेको छ ।

अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठले शनिबार डिस्चार्ज गरिएको बालकको पुन: भर्ना गरिएको जानकारी दिए । अस्पतालका अनुसार मृतक बालकले डिजेल वा मट्टितेल खाएको हुन सक्ने अनुमान लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ