arrow

कोहली र किशनको रेकर्डमा भारतको शानदार जित

logo
प्रकाशित २०७७ चैत २ सोमबार
kohli-kisan-t-20.jpg

काठमाडौं । कप्तान विराट कोहली र डेब्यु खेलाडी इशान किसानले रेकर्ड बनाएको खेलमा भारतले दोस्रो टी–२० क्रिकेटमा इङ्गल्याण्डलाई पराजित गरेको छ ।

अहमदाबादमा आइतबार राति भएको खेलमा भारत ७ विकेटले विजयी भएको हो । १६५ रनको लक्ष्य भारतले १७.५ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा गर्यो ।

डेब्यु खेलमै किशनले अर्धशतक बनाए । उनले ३२ बलमा ५ चौका र ४ छक्कासहित ५६ रन बनाए । डेब्यु खेलमै ४ छक्का हिर्काउने किशन पहिलो भारतीय खेलाडी हुन् । यसअघि राहुल द्रविड र मुरली विजयले ३–३ छक्का हानेका थिए । 

उनी टी–२० डेब्युमा ५० रन बनाउने दोस्रो भारतीय खेलाडी हुन् । यसअघि अजिन्क्या रहानेले सन् २०११ मा इङ्गल्याण्डकै विरुद्ध ६१ रन बनाएका थिए । 

त्यस्तै कप्तान विराटले पनि टी–२० मा रेकर्ड बनाएका छन् । उनी टी–२० मा ३ हजार रन पूरा गर्ने पहिलो क्रिकेटर बनेका छन् । 

उक्त क्रममा कोहली ७३ रनमा नटआउट रहे । उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । कोहलीले ८७ खेलमा ३ हजार १ रन बनाएका छन् । 

यस्तै ऋषव पन्तले १३ बलमा २६ रन बनाए भने श्रेयस एयरले नटआउट ८ रन बनाए । इङ्गल्याण्डका साम करण, आदील राशिद र क्रिस जोर्डनले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले २० ओभरमा ६ विकेटको नोक्सानीमा १६४ रन बनाएको थियो । जासन रोयले सर्वाधिक ४८ रन बनाए । भारतका सार्दुल ठाकुर र वासिङ्गटन सुन्दरले २–२ विकेट लिए ।

यो जितसँगै भारतले ५ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । पहिलो खेलमा लज्जास्पद खेलेको भारत ८ विकेटले पराजित भएको थियो । 

पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो । तेस्रो खेल मंगलबार (१६ मार्च) मा हुनेछ । 

पाँच वटै खेल अहमदाबादमा हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ