arrow

म्यानमारमा रक्तपात, कम्तीमा ३८ प्रदर्शनकारीको मृत्यु

logo
प्रकाशित २०७७ चैत २ सोमबार
myanmar-ku1.jpg

काठमाडौं । म्यानमारमा आइतबार रक्तपात भएको छ । गत महिना सैन्य कू भएयताकै सबैभन्दा घातक दिनको रुपमा लिइएको आइतबार भएका प्रदर्शनमा सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । 

द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारीहरू मारिएको जनाएको बीबीसीले लेखेको छ। बाँकी मृत्यु देशका विभिन्न भागमा भएका हुन् ।

याङ्गुनमा प्रदर्शनकारीहरुले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको थियो । त्यहाँको एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि हमला भएपछि याङ्गुनको धेरै भागमा सैन्य कानुन लागु गरिएको जनाइएको थियो ।

चीनले म्यानमारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरुले विश्वास गरिरहेका छन् । औद्योगिक क्षेत्रमा सुरक्षा फौजले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ