कांग्रेसलाई इतिहासले सुम्पिएको अर्को भार

दीपिका भुसाल,
प्रकाशित २०७७ चैत ३ मंगलबार

नेपालको राजनीतिक इतिहासको कोखमा जमेर बसेको एउटा पत्थरी दृष्टान्तलाई यतिखेर उगाजर गर्न मनासिव देखेँ । आफू हार्दै गर्दा पनि मुलुक, लोकतन्त्र र पद्धतिलाई जिताउने ऐतिहासिक पार्टी हो नेपाली कांग्रेस । युगपुरुष, शान्तिनायक, अटल अडान र छिटो छरितो निर्णयका धनी तत्कालीन सभापति एवं प्रधानमन्त्री तथा कार्यबाहक राष्ट्राध्यक्ष राजनेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०६४ साल चैत २८ गते सम्पन्न पहिलो संविधान सभाको निर्वाचन यसको एउटा ज्वलन्त प्रमाण हो ।

भर्खर जंगलबाट आएका माओवादीहरुले निर्वाचनलाई आफ्नो कब्जामा पार्न पृष्ठभूमिमा गरेका अनेकौं दाउपेच र उश्रृंखल गतिविधिहरुलाई निकटबाट हेरिरहेका कोइरालाले ‘शान्ति प्रकृया टुंगिएर देशमा शान्ति सुब्यवस्था कायम हुन्छ भने कांग्रेस हार्दा केही फरक पर्दैन कम से कम देश र लोकतन्त्रले त जित्छ’ भन्दै निर्वाचन त भोलि पनि जितौंला नि भनी गरेको कठिन यात्रालाई फर्किएर यसभित्र लुकेको गहन मर्मको भावलाई एकपटक गहिरोसंग अध्ययन गरौं ।

फलतः २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा कांग्रेसले नराम्रो हार ब्यहोर्यो । उग्र कम्युनिष्टहरुले जिते । मुलुकले कम्युनिष्ट पार्टीहरुबाट पाँच–पाँच जना प्रधानमन्त्रीहरु पायो । हाम्रो बिडम्बना देशले लोकतान्त्रिक संविधान भने पाएन । नेपाली कम्युनिष्ट नेताहरुको झ्वाट्ट सुन्दा अति नै कर्णप्रिय हो क्यारे जस्तो लाग्ने अन्ततः बकमफुसे सावित हुने स्वार्थै स्वार्थहरुको गोलचक्रीय योजनाहरुमा फसेको देशलाई राजनीतिक निकास दिंदै २०७० साल मंसिरमा पुन संविधान सभाको निम्ति गरिएको दोश्रो पटकको निर्वाचनमा नेपाली जनता कांग्रेसलाई थप बलियो बनाइदिए । नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन भयो । 

संविधान घोषणाको बेला संविधान सभा बहिष्कार गरेकाहरु र यसलाई आंशिक सफलता मात्र हो, भन्नेहरुले पनि यसको स्वामित्व लिनेछन् भन्ने दृढ आत्मविश्वासका साथ उग्रवामपन्थको प्रस्तावमा पक्षगमनकारी शक्तिको समर्थनमा उभिएको दक्षिणपन्थी कम्युनिष्ट पार्टीको नेताको विरुद्ध संसदीय प्रणालीमा सरासर हार्ने देखिएको प्रधानमन्त्री पदको निर्वाचनमा सुशील कोइरालाले बिष नै सेवन गर्दै दिएको उम्मेदवारी अर्को थप प्रमाण हो ।

नेपाली कम्युनिष्टहरुले खेर फालेको देशको छ–छ वर्षसम्मको समयलाई गम्भीरतापूर्वक लिएका कोइरालाको चट्टानी अडानको परिणाम उनकै नेतृत्व र प्रधानमन्त्रीत्वमा मुलुकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को संविधान प्राप्त गरेको इतिहासको यो तथ्यलाई बिर्सन सकिँदैन ।

कांग्रेसको नेतृत्वमा देशले पाएको लोकतान्त्रिक संविधानको पूर्ण कार्यान्वयन गरी नेपाललाई अर्को उचाइमा पुर्याउनु पर्ने कठोर चुनौतीहरु सामुन्ने नै थियो । संविधान बनाउन कृयाशील एवं मुलुकको प्रधानमन्त्री नै बनिसकेका एकथरी मानिसहरु यो संविधान पूर्ण छैन, आंशिक छ, भन्दै कुर्लदै थिए भने अर्कोथरी मानिसहरु यो संविधान कुनै पनि हालतमा मान्य हुँदैन भन्दै बहिष्कार गरेका थिए । 

संविधान घोषणाको बेला संविधान सभा बहिष्कार गरेकाहरु र यसलाई आंशिक सफलता मात्र हो, भन्नेहरुले पनि यसको स्वामित्व लिनेछन् भन्ने दृढ आत्मविश्वासका साथ उग्रवामपन्थको प्रस्तावमा पक्षगमनकारी शक्तिको समर्थनमा उभिएको दक्षिणपन्थी कम्युनिष्ट पार्टीको नेताको विरुद्ध संसदीय प्रणालीमा सरासर हार्ने देखिएको प्रधानमन्त्री पदको निर्वाचनमा सुशील कोइरालाले बिष नै सेवन गर्दै दिएको उम्मेदवारी अर्को थप प्रमाण हो ।

संसदमा हुने अंक गणितीय खेलमा आफूसंग भएको अंक गणितको संख्या कम हुँदा पक्कै पनि खेल जितिँदैन भन्ने शाश्वत सत्य नै हो । यस विषयको ज्ञान नेपाली कांग्रेसका नेताहरु, सुशील कोइरालामा नभएको होइन । स्मरण रहोस् आफू हार्ने खेलमा जानाजान तत्कालीन प्रधानमन्त्रीले किन उम्मेदवारी दिए । यस अनुत्तरित प्रश्नको सवालमा नेपाली बौद्धिक जगतमा कहिल्यै बहस छलफलहरु र विचार विमर्शहरु भने भएको छैन । र गर्ने फुर्सत पनि कहिँ कोही कसैलाई छैन । भएन । उनको यो साहसिक उम्मेदवारी आफू प्रधानमन्त्रीमा नै रहिरहने आत्माकेन्द्रीत स्वार्थ र त्यसको निरन्तरताको निम्ति अपसोच किमार्थ थिएन । 

उनको यो महान् दूरदर्शीताको बारेमा भोलि इतिहासकारहरुले लेख्दै गर्लान् नै । उनको नेतृत्वमा बनेको यो लोकतान्त्रिक संविधानलाई आज सबैले मेरै हो कदापि कसैले यसको हरण गर्न सक्दैन भनी गरेको अंकमालका दृश्यहरुले हिजोको उनको आत्मविश्वासलाई पूरापूर पुष्टि गरिदिएको छ । 

संविधानको बहिष्कार गरेको एउटा शक्ति र आंशिकमात्र सफलता मान्ने अर्को शक्ति र यसलाई उपलब्धि नै ठान्ने शक्तिहरुले सामूहिक रुपमा यसको स्वामित्व ग्रहण गर्दै अगाडि बढ्ने छन् र देशले स्थायित्व पाउनेछ भन्ने नै थियो र त्यसलाई अनुशरण गरेरै देखाइदिए ।

उनको यो महान् दूरदर्शीताको बारेमा भोलि इतिहासकारहरुले लेख्दै गर्लान् नै । उनको नेतृत्वमा बनेको यो लोकतान्त्रिक संविधानलाई आज सबैले मेरै हो कदापि कसैले यसको हरण गर्न सक्दैन भनी गरेको अंकमालका दृश्यहरुले हिजोको उनको आत्मविश्वासलाई पूरापूर पुष्टि गरिदिएको छ । 

यतिमात्र होइन भूकम्पीय नक्कली खोक्रो राष्ट्रवादको पगरी गुथ्दै यसको महिमाको स्तुतिगान गाउने अजंगको मत्ताहात्ती जस्तो गर्जनमा घृणित निच शब्दजालको प्रहारमा रमेको दक्षिणपन्थी कम्युनिष्ट शासकले संविधानको कार्यान्वयन गर्दै स्थिरताको मार्गमा देशलाई लैजान कुनै पहलकदमी नगरेपछि नेपाली कांग्रेसले त्यसको विकल्पहरु खोज्दै विभिन्न राजनीतिक शक्तिहरुसंग परामर्श अगाडि बढायो । भलै त्यसले कांग्रेसलाई के कति फाइदा घाटा गर्यो त्यसको समिक्षाहरु भोलि पनि हुँदै गर्ला ।

एउटा संयोग नै मान्नुपर्छ कांग्रेस सभापतिहरु स्वयं प्रधानमन्त्री रहेको बेला नियतिले लगभग सबैजसो पटक पार्टीलाई साथ दिएन । ०४८, ०५१, ०६४, ०७२ र ०७४ सालको राजनीतिक घटनाक्रम यसको ज्वलन्त उदाहरण हो । उनीहरु चारै जनाको पालामा सम्पन्न भएको निर्वाचनहरुमा स्वयं आफै पनि हारे । नेपाली कांग्रेसले पनि नराम्रोसंग हार ब्यहोर्दै आएको छ । 

तर त्यो निर्णयले नेपाली कॉंग्रेसका तत्कालीन पार्टी सभापति प्रधानमन्त्री रहेको र उनको नेतृत्वमा बनेको सरकारले जारी गरेको लोकतान्त्रिक संविधानको कार्यान्वयन गर्नमा भने कोशे ढुङ्गा नै सावित भयो । सत्ता गठबन्धनको एउटा हिस्सा तत्कालीन नेकपा (माओवादी केन्द्र) ले दिएको धोखा र अपरिपक्व राजनीतिक निर्णयबाट सृजित कठिन परिस्थितिहरु र एकाएक एकपछि अर्को गर्दै विकसित भएको राजनीतिक घटनाक्रमलाई अविचलित भई सुक्ष्म तबरबाट अध्ययन र त्यसको सामना गर्दै कांग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ साल दुई चरणमा संघीय संसद र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न गरेको इतिहास हामी सबैको सामु साक्षी छ ।

एउटा संयोग नै मान्नुपर्छ कांग्रेस सभापतिहरु स्वयं प्रधानमन्त्री रहेको बेला नियतिले लगभग सबैजसो पटक पार्टीलाई साथ दिएन । ०४८, ०५१, ०६४, ०७२ र ०७४ सालको राजनीतिक घटनाक्रम यसको ज्वलन्त उदाहरण हो । उनीहरु चारै जनाको पालामा सम्पन्न भएको निर्वाचनहरुमा स्वयं आफै पनि हारे । नेपाली कांग्रेसले पनि नराम्रोसंग हार ब्यहोर्दै आएको छ । 

तर पनि सिंगो देश र लोकतान्त्रिक व्यवस्थाले जित्ने खेलमा कहिल्यै थकित नभई कसैसंग अनावश्यक किसिमले नझुकी शानका साथ मुलुकले सुम्पिएको जिम्मेवारीको बहन र कर्तव्यको पालनामा एकरत्ति पनि विचलित नरही कांग्रेसको स्थापनाकालीन सिद्धान्त र साखलाई अक्षुण्ण राख्दै आएका छन् ।  विगतको राजनीतिक गतिविधिहरुको गर्भमा लुकेको यस्तो परिघटनाहरुलाई समय सन्दर्भमा कांग्रेसीहरुले खोतल्दै यसबाट शिक्षा लिँदै अगाडि बढ्न नितान्त जरुरी छ ।

कांग्रेसले लोकतान्त्रिक ब्यवस्थाले अंगिकार गरेको विधि र पद्धतिमा आफूलाई समाहित गर्दै सोहीअनुसारको योजना र कार्यक्रमहरुको तर्जुमा गर्दै अगाडि बढिरहेकाले सिंगो जनताको विश्वास जित्दै प्राप्त ब्यवस्थाको जगलाई अझ बलियो बनाउन हिजोको शुरुआतका दिनहरुदेखि आजको दिनसम्म पनि अबिछिन्न रुपमा निर्वाह गरेको भूमिका प्रशंसा गर्न लायकमात्र हैन यो सारा नेपाली जनताको निम्ति प्रेरणाको श्रोत र अनुशरणयोग्य विषय बनेको छ । 

कांग्रेसले नेपालको राजनीतिमा कहिल्यै आफ्नो दलगत र ब्यक्तिगत स्वार्थलाई आधार बनाई देशलाई बन्धक बनाएन । मुलुकको सर्वोपरी भलाईको लागि राजनीतिक गतिरोधको अन्त्य गर्दै त्यसको निकास दिन जहिल्यै कस्सिएर तम्तयार हुँदै अगाडि सर्दै सफलतापूर्वक सम्पन्न गरेको हिजोको यथार्थ तथ्यलाई मनन गर्नु जरुरी छ ।  

सात दशक लामो नेपाली जनताको पटक पटकको बलिदानपूर्ण संघर्षहरु र निरन्तरको जनआन्दोलनहरुको उपलब्धिको रुपमा स्थापित बहुलवादमा आधारित यो ब्यवस्था र लोकतान्त्रिक संविधानको रक्षा गरी मुलुकलाई स्थायित्व र अमनचयन कायम गर्दै सदियौंदेखिको आर्थिक विकास र समृद्धिलाई चुम्ने नेपाली जनताहरुको चाहनालाई पूरा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छ ।

समय क्रमको चक्रसंगै आज पुनः घुम्दै फिर्दै कांग्रेसको सामुन्ने एउटा अर्को चुनौती खडा भएको छ । राजनीतिक तरलताको यो परिस्थितिजन्य चंगुलबाट देशलाई मुक्ति दिई सात दशक लामो नेपाली जनताको पटक पटकको बलिदानपूर्ण संघर्षहरु र निरन्तरको जनआन्दोलनहरुको उपलब्धिको रुपमा स्थापित बहुलवादमा आधारित यो ब्यवस्था र लोकतान्त्रिक संविधानको रक्षा गरी मुलुकलाई स्थायित्व र अमनचयन कायम गर्दै सदियौंदेखिको आर्थिक विकास र समृद्धिलाई चुम्ने नेपाली जनताहरुको चाहनालाई पूरा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छ ।

संसदमा हुने अंक गणितीय खेलमा कांग्रेसको अंक गणितको संख्या कमजोर छ । कमजोर मात्र होइन निकै कमजोर छ । अंक गणितले कांग्रेसलाई सरकारमा जा भन्दैन । कसले के का लागि र कसरी प्राप्त गरे अंक गणित त्यसको बारेमा सबैलाई जानकारी नै छ । 

ओलीतन्त्रको एकाधिकारवादी सोंच र चरित्रले कम्युनिष्ट पार्टी भित्रका नेताहरु र मानिसहरुलाई मात्र प्रताडित र असर पारेन । यस्तो अनैतिक राजनीतिक पाखण्डताको पराकाष्टले सिंगो विधि, विद्यमान ब्यवस्था र लोकतान्त्रिक आचरणको चिरहरण गर्ने कोशिश भएको छ ।

लोकतान्त्रिक ब्यवस्थाको अभ्यासको क्रममा देखिएको जटिलताको गाँठो अंक गणितले होइन, राजनीतिक सुझबुझ र त्यसको लामो अनुभवको आधारमा हिजोदेखि हासिल गरेको परिपक्क क्षमताले नै त्यो फुकाउन सक्दछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीको स्वेच्छाचारी मजाकतन्त्रबाट आजित नेपाली जनता, सबै लोकतान्त्रिक शक्तिहरु र आफैभित्र विस्तारै एकत्रित हुँदै गरेको आवाजलाई समेट्दै यस परिवेशबाट मुलुकलाई मुक्त गराइ अगाडि बढ्नको खातिर विलम्ब नगरी अग्रसरता लिनुपर्दछ । 

प्रधानमन्त्रीको पद गौण कुरा हो । मान सम्मान र पद प्रतिष्ठालाई एकापट्टी पन्छाई गतिरोधको अन्त्य गर्ने आँट देउवाकै हो । कसले के भन्छ र के गर्छ भन्ने होइन यो तपाई र नेपाली कांग्रेसलाई इतिहासले सुम्पिएको अर्कोभार र जिम्मेवारी हो । भोलि प्रधानमन्त्री जो सुकै बनोस् र बनुन् तर नेपालको सन्दर्भमा लोकतान्त्रिक ब्यवस्थालाई मार्ग प्रशस्त गर्ने काम भनेको नेपाली कांग्रेसकै हो । यसमा द्धिविधा छैन । होइन ।

भोलि प्रधानमन्त्री जो सुकै बनोस् र बनुन् तर नेपालको सन्दर्भमा लोकतान्त्रिक ब्यवस्थालाई मार्ग प्रशस्त गर्ने काम भनेको नेपाली कांग्रेसकै हो ।

अन्त्यमा, ओलीतन्त्रको एकाधिकारवादी सोंच र चरित्रले कम्युनिष्ट पार्टी भित्रका नेताहरु र मानिसहरुलाई मात्र प्रताडित र असर पारेन । यस्तो अनैतिक राजनीतिक पाखण्डताको पराकाष्टले सिंगो विधि, विद्यमान ब्यवस्था र लोकतान्त्रिक आचरणको चिरहरण गर्ने कोशिश भएको छ । मनोपलीतन्त्र र छाडातन्त्र कुनै पनि बहानामा कांग्रेसहरुको निम्ति स्वीकार्य छैन । यो अहंकारपूर्ण राजनीतिको अवशान यथासंभव अपरिहार्य छ । 

दुईतिहाईको शक्तिको दम्भ छियाछिया भएर विक्षिप्त भएको शासकले दुनियााको अगाडि हामी नेपालीहरुको नै शिर झुकाउने गरी स्तरहीन निकै तलको ब्यवहार गर्नु र तुच्छ शब्दबाण प्रयोगको थालनीले प्रधानमन्त्री पदको समेत खिल्ली उडेको छ । 



नयाँ