arrow

लमजुङको विद्यालयमै पर्‍यो चट्याङ, एक विद्यार्थीको मृत्यु

logo
प्रकाशित २०७७ चैत ३ मंगलबार
lightning.jpg

पोखरा । लमजुङको एक विद्यालयमा चट्याङ पर्दा एक विद्यार्थीको ज्यान गएको छ । लमजुङको क्वहोलासोथार गाउँपालिका वडा नं. ४ स्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा आज दिउसो ३:५० बजे चट्याङ परेको थियो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जानकारी अनुसार चट्याङ लागेर सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत १८ वर्षका विनोद विकको मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएका दुई विद्यार्थीलाई हेलिकोप्टरमार्फत उपचारका लागि ल्याउँदै गर्दा विकको मृत्यु भएको हो ।

वरिष्ठ प्रहरी नायव उपरीक्षक मोहन प्रसाद पोखरेलका अनुसार घटनामा गम्भीर घाइते भएका छविन्द्र गुरुङको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सो घटनामा दुई जना शिक्षिका पनि घाइते भएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ