arrow

कोहलीको ७७ लाई बट्लरको ८३ जवाफ

logo
प्रकाशित २०७७ चैत ४ बुधबार
kohli-butler.jpg

काठमाडौं । भारत इङ्गल्याण्ड विरुद्धको तेस्रो टी–२० क्रिकेटमा पनि पराजित भएको छ । घरेलु अहमदाबादमा मंगलबार राति भएको खेलमा भारत फेरि पनि इङ्गल्याण्डसँग ८ विकेटले पराजित भएको हो ।

पहिलो खेलमा पनि ८ विकेटको जित निकालेको इङ्गल्याण्डले तेस्रो खेलमा पनि सोही नतिजा दोहोर्याएपछि ५ खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ । दोस्रो खेल भने भारतले जितेको थियो । 

तेस्रो खेलमा भारतले दिएको १५७ रनको विजयी लक्ष्य इङ्गल्याण्डले १८.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जोस बट्लरले नटआउट ८३ रन बनाए । उनले ५२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै जोनी बेयर्स्टोले २८ बलमा ५ चौकासहित नटआउट ४० रन बनाए । भारतका युजभेन्द्र चहल र वासिङ्टन सुन्दरले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेटको नोक्सानीमा १५६ रन बनाएको थियो । कप्तान विराट कोहलीले नटआउट रहँदै ७७ रन बनाए । उनले ४६ बलमा ४ छक्का र ८ चौका हानेका थिए । 

कोहलीले सन् २०१६ को टी–२० विश्वकपपछि पहिलो पटक टी–२० मा लगातार दोस्रो पटक अर्धसतक बनाएका हुन् । त्यस्तै ऋषव पन्तले २५ रन जोडे । 

मार्क उडले ३ विकेट लिए । यस्तै क्रिस जोर्डनको नाममा २ विकेट रह्यो । 

यो हार भारतको घरेलु मैदानमा पहिले ब्याटिङ गर्दा पछिल्लो १० खेलमा सातौं हार हो । भारतले यसअघि सन् २०२० को जनवरी १० मा पहिले ब्याटिङ गर्दा पूणेमा श्रीलंकालाई हराएको थियो । 

पाँच खेलको सिरिजको चौथो खेल बिहीबार हुनेछ । सबै खेलहरु अहमदाबादमै खेलिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ