arrow

नबिल बैङ्कले ७.५१ प्रतिशत ब्याज दिने

logo
प्रकाशित २०७७ चैत ४ बुधबार
nabil-fixed-desposit.jpg

काठमाडौँ। नबिल बैङ्कले आफ्नो व्यक्तिगत मुद्दती खाताको ब्याजदरलाई बढाएर ७.५१ प्रतिशत पुर्‍याएको छ। यो ६ महिना भन्दा बढी समयको व्यक्तिगत मुद्दती खाताहरूमा लागू हुने बैङ्कले जनाएको छ। बैङ्कले ब्याजदरका साथ व्यक्तिगत मुद्दती खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समयानुकूल सेवा प्रदान गर्दै आएको नबिल बैङ्कका ११९ शाखा,  १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेका छन्।

यस बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा रहेको भन्दै ग्राहकको उच्च सन्तुष्टि एवम् आधुनिक बैङ्किङ युगको शरूआत गर्नेतर्फ केन्द्रित रहेको पनि संस्थागत सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नबिल बैङ्कले सँगै अघि बढ्ने आफ्नो उद्देश्य अनुरूप सम्भव भएसम्म धेरैलाई ढुक्क पार्ने प्रयास गर्दै समाजप्रति उत्तरदायी हुन चाहेकोसमेत उल्लेख गरेको छ। 

यसकै लागि सकेसम्म धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउन मुलुकको विश्वासिलो बैङ्क नबिल बैङ्कले व्यक्तिगत मुद्दती खातामा अत्यन्त आकर्षक योजना सुरु गरेको दाबीसमेत गरेको छ।

नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर प्रदान गर्ने हुनाले यस योजनाले आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्‍याउने आशा बैङ्कले गरेकोसमेत विज्ञप्तिमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ