- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लमजुङ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–७ दोभानचौरका ५४ वर्षिय तुलाराम विक अझै पनि पुख्र्यौली पेशामा व्यस्त छन् । कतिपयले यो पेशालाई त्यागेर नयाँ पेशा थालेका छन् ।
तर तुलारामलाई यही आरान प्यारो लाग्छ । यसमै औजारको काम गर्छन् । उनका लागि अर्को विकल्प पनि छैन । घरपरिवारको थिचोमा छन् उनी ।
आजकल अन्नवालीमा अधिकांशले अत्याधुनिक औजारको प्रयोग गर्न थालेपछि आरनको काम घट्दै गएको छ ।
त्यसैले पनि उनलाई सात जनाको परिवारको गुजारा चलाउनलाई मुश्किल पर्दै आएको छ । तस्वीर–रासस