arrow

भारतको रोमाञ्चक जित, सूर्यकुमारको रेकर्ड, निर्णायक खेल शनिबार

logo
प्रकाशित २०७७ चैत ६ शुक्रबार
india-t-20.jpg

काठमाडौं । भारत र इङ्गल्याण्डबीचको टी–२० क्रिकेट सिरिज रोमाञ्चक मोडमा पुगेको छ । चौथो खेल भारतले जितेपछि सिरिज रोमाञ्चक मोडमा पुगेको हो । 

पाँच खेलको सिरिजमा अहिलेसम्म २–२ को बराबरी भएको छ । पहिलो इङ्गल्याण्डले, दोस्रो भारतले, तेस्रो इङ्गल्याण्डले र चौथो खेल भारतले जितेको छ । 

सबै खेल अहमदाबादमा भइरहेका छन् । 
यस्तो छ चौथो खेलको तथ्यांक र रेकर्ड 
अहमदाबादमा बिहीबार राति भएको चौथो खेलमा भारतले इङ्गल्याण्डमाथि ८ रनको रोमाञ्चक जित निकालेको छ । 

भारतले दिएको १८६ रनको लक्ष्य लिएर ब्याटिङ गरेको इङ्गल्याण्डले २० ओभरमा ८ विकेटको नोक्सानीमा १७७ रनमात्र बनाउन सक्यो ।

बेन स्टोक्सले २३ बलमा सर्वाधिक ४६ रन बनाए । यस्तै जासन रोयले २७ बलमा ४० रन जोडे । जोनी बेयर्स्टोले १९ बलमा २५ रन जोडे ।

जोफ्रा आर्चरले ८ बलमा नटआउट १८ रन बनाए । भारतका लागि शार्दुल ठाकुरले ३ विकेट लिए ।हार्दिक पाण्डेया र राहुल चहलले २–२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । सूर्यकुमार यादवले ५७ रन बनाए । उनले ३१ बलमा ३ छक्का र ६ छक्काको मद्धतले उक्त योगफल बनाएका हुन् । 

सूर्यकुमारले डेब्यु खेलको पहिलो बलमै छक्का प्रहार गरेका हुन् । उनको यो रेकर्ड हो । उनले जोफ्रा आर्चरको बलमा छक्का लगाएका हुन् । 

पहिलो बलमै छक्का हान्ने उनी विश्वका तेस्रा ब्याट्सम्यान बनेका छन् । यसअघि सोहल तनवीरले भारतविरुद्ध सन् २००७ मा र मंगालिसो मोसेहलेले श्रीलंकाविरुद्ध सन् २०१७ मा यो रेकर्ड राखेका थिए । 

भारतका लागि श्रेयस एयरले १८ बलमा ३७ रन जोड्दा ऋषव पन्तले २३ बलमा ३० रन बनाए । आर्चरले ४ विकेट लिए । 

कप्तान विराट कोहलीले तेस्रो खेलमा नटआउट ७७ रन बनाए पनि यो खेलमा फेरि फ्लप भए । उनले १ रनमात्र बनाउन सके । 

निर्णायक खेल शनिबार बेलुकी ७ः१५ बजे शुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ