arrow

खेलकुद विकास समितिका सदस्यसचिव गुरुङले बुझे पत्र

logo
हरि पन्त, 
प्रकाशित २०७७ चैत ६ शुक्रबार
tej-bahadur-gurung.jpg

पोखरा । गण्डकी प्रदेश खेलकुद विकास समितिका नवनियुक्त सदस्य सचिव तेजबहादुर गुरुङले नियुक्ति पत्र बुझेका छन् । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले एक कार्यक्रमकाबीच सदस्यसचिव गुरुङलाई नियुक्ति पत्र हस्तान्तरण गरेकी हुन् । 

कार्यक्रममा मन्त्री पुनले खेलकुदमार्फत गण्डकी प्रदेशको समृद्धिका लागि अघि बढ्न नवनियुक्त सदस्यसचिव गुरुङलाई आग्रह गरिन् । 
उनले भनिन्, ‘खेलकुद योग्य र कर्तव्यनिष्ठ नागरिक उत्पादन गर्नेसँगै विश्वमा नेपालको गौरव बढाउने खेलाडी उत्पादनमा भूमिका खेल्ने छ ।’

खेलकुदमा कुनै पनि भाषा र जात जाति, धनी र गरिव विचको भेद्भाव नहुने बताउँदै मन्त्री पुनले गण्डकी प्रदेशको खेलकुदले खुशी र सुखी नागरिक उत्पादनमा सदैव क्रियाशील भएर अघि बढ्ने बताइन् ।

गण्डकी प्रदेश विधायन समितिका सभापति मोहन रेग्मीले गण्डकी प्रदेशको समृद्धिसँगै स्वास्थ्य र सचेतनासँग खेलकुदले युवाहरुलाई विसंगति विरुद्ध अघि बढ्ने प्रेरणा दिन गण्डकी प्रदेश खेलकुद विकास समिति सफल हुने विश्वास व्यक्त गरे ।

सदस्यसचिव तेजबहादुर गुरुङले सदस्य सचिवसम्म आफूलाई यो अवसर दिएकोमा मुख्यमन्त्री लगायत प्रदेश सरकारलाई आभार व्यक्त गरे।
आफ्नो क्षमताले भ्याएसम्म प्रदेशको खेलकुदको विकासका लागि सँधै समर्पित भएर अघि वढ्ने उनले प्रतिवद्धता जनाए । 

आफू खेलकुदकै पृष्ठभूमिबाट नै यो ठाउँमा आइपुगेको भन्दै उनले प्रदेश सरकारले खेलकूदमार्फत प्रदेशको समृद्धिका लागि योजनावद्ध रुपमा अघि बढने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ