arrow

नबिल बैङ्क र नेपाल औषधि व्यवसायी सङ्घ, काठमाडौँबीच सम्झौता

logo
प्रकाशित २०७७ चैत ६ शुक्रबार
nabil-pharmaceutical-association.jpg

काठमाडौँ। नेपालको अग्रणी वाणिज्य बैङ्क, नबिल बैङ्क र नेपाल औषधि व्यवसायी सङ्घ, काठमाडौँ बीच औषधि व्यवसायीहरूको आवश्यकता अनुसार बैङ्कको कर्जा नीतिको अधीनमा रहेर विभिन्न बैङ्किङ सेवाहरू प्रदान गरेर औषधि व्यवसायीहरूलाई सहयोग गर्ने सम्झौता गरेको छ।

नीरज कुमार बस्नेत (डनिल), प्रमुख एसएमई तथा लघु वित्त, नबिल बैङ्क र बद्री प्रसाद क्षेष्ठ, अध्यक्ष, नेपाल औषधि व्यवसायी सङ्घ, काठमाडौँले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सो सम्झौता नेपाल औषधि व्यवसायी सङ्घ, काठमाडौँ जिल्ला शाखाको आयोजनामा, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला भरको औषधिको थोक व्यवसायीहरूको बृहत् भेला कार्यक्रममा भएको हो। सो कार्यक्रममा नेपाल औषधि व्यवसायी सङ्घका प्रमुख श्री भरत भट्टराई ज्युको उपस्थिति रहेको थियो।

साझेदारीको बारेमा बोल्दै, नबिल बैङ्क, एस.एम.ई. तथा लघु वित्त, प्रमुख श्री नीरज कुमार बस्नेत (डनिल)ले भने, “नबिल बैङ्क औषधि व्यवसायीहरूलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागी विभिन्न बैङ्किङ सुविधा र सेवाहरू उपलब्ध गराउन सधैँ अग्रसर रहेको छ। हामी औषधि व्यवसायीहरू र बैङ्कको दिगो विकाशलाई ध्यानमा राख्दै औषधि व्यवसायमा वित्तीय लगानी गर्ने अग्रणी बैङ्क मध्ये एक हौँ। हामीलाई आशा छ कि यो साझेदारीले औषधि व्यवसायीहरूको वित्तीय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पुर्‍याउने छ। साथै, नबिल बैङ्कले आपतकालीन सेवाहरूमा संलग्न औषधि व्यवसायीहरू सँग आबद्ध हुन पाएकोमा गौरवान्वित महसुस गर्दछ।”

नबिल बैङ्कको बारेमा
नबिल बैङ्कले आफ्नो देशभर ११९ वटा शाखा कार्यालयहरू, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरू सहित विभिन्न देशमा रहेका एजेन्टको ब्रिहत सञ्जाल मार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ। एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैङ्किङ प्रणालीको साथ तीन दशक भन्दा बढीको बैङ्किङ अनुभवको साथ, नबिल बैङ्क ग्राहकहरूलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ।

नेपाल औषधि व्यवसायी सङ्घको बारेमा
नेपाल औषधि व्यवसायी सङ्घ, सन् १९७३ मा स्थापित औषधी व्यापार पेसामा संलग्न एक गैर नाफामूलक संस्था हो जुन समग्र औषधी व्यापारको सुरक्षाको साथ मूल्य एकरूपता लागु गर्न स्थापना भएको हो। नबिल बैङ्क र नेपाल औषधि व्यवसायी सङ्घ बिचको सम्झौता मार्फत, नेपाल औषधि व्यवसायी सङ्घको सदस्यता प्राप्त औषधि व्यवसायीहरूको वित्तीय आवश्यकता परिपूर्ति गर्न मद्दत गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ