arrow

एफटीटीएचबाट १६० एमबीपीएस गतिको इन्टरनेट सेवा दिँदै टेलिकम

logo
प्रकाशित २०७७ चैत ७ शनिबार
telecome.JPG

काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच (फाइबर)बाट उच्च गतिको इन्टरनेट सेवा दिने भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल टेलिकमका प्रबन्धक शोभन अधिकारीले १६० एमबीपीएस गतिसम्मको इन्टरनेट प्रदान गर्ने तयारी भइरहेको बताएका हुन् ।

सन् २०१५ मा टेलिकमले एफटीटीएच (फाइबर टु दि होम) सेवा सुरु गरेको थियो । हाल एउटै फाइबरबाट टिभी, इन्टरनेट र टेलिफोन सुविधा टेलिकमले प्रदान गरिरहेका छ ।

एफटीटीएचबाट हाल टेलिकमले अधिकतम ६० एमबीबीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराइरहेको छ । अब, यसलाई नै बढाएर १६० एमबीपीएस पुर्याउने गरी काम भइरहेको प्रबन्धक अधिकारीले बताएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ