arrow

भारतलाई टी–२० सिरिज, राख्यो रेकर्ड 

logo
प्रकाशित २०७७ चैत ८ आइतबार
india-t-20-team.jpg

भारतलाई टी–२० सिरिज, कोहलीलाई टर्बो कार
काठमाडौं । अन्ततः भारतले इङ्गल्याण्ड विरुद्धको टी–२० क्रिकेट सिरिज जितेको छ । अहमदाबादमा शनिबार भएको पाँचौं तथा अन्तिम खेलमा इङ्गल्याण्डलाई ३६ रनले पराजित गर्दै भारतले सिरिज ३–२ ले जितेको हो । 

यो सिरिज निकै रोमाञ्चक रह्यो । पहिलो खेल इङ्गल्याण्डले जित्यो । दोस्रो खेल भारतले जित्यो । तेस्रो खेल इङ्गल्याण्डले जित्यो । चौथो खेल भारतले जित्यो । २–२ को बराबरी भयो । 

पाँचौं खेलमा ब्याटिङ्गमा भारत हाबी भयो । २२४ रन बनायो । इङ्गल्याण्डले पनि निकै सशक्त ब्याटिङ्ग गर्यो । तर त्यसलाई निरन्तरता दिन नसक्दा अन्ततः हार्न पुग्यो । 

तर अन्तिमसम्मै खेल निकै रोमाञ्चक बन्यो । यो जितसँगै भारतले सिरिज आफ्नो पक्षमा पारेको हो । दुई वर्षदेखि अपराजित भारतले लगातार छैटौं पटक सिरिज जितेको हो । 

इङ्गल्याण्डले नौ वर्षदेखि भारतमा सिरिज जित्न सकेको छैन । इङ्गल्याण्डले यसअघि सन् २०११ को अक्टोबरमा भारतलाई उसको भूमिमा केबल एउटा खेलको सिरिज जितेको थियो । 

यस्तो थियो पाँचौं खेल 
भारतले दिएको २२५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको इङ्गल्याण्डले २० ओभरमा ८ विकेटको नोक्सानीमा १८८ रनमात्र बनाउन सक्यो ।

डाविड मालन र जोस बटलरले अर्धशतक बनाए पनि टिमलाई जिताउन सकेन । मालन ६८–५२ रनमा आउट भए । इङ्गल्याण्डलाई सस्तैमा समेट्न शार्दुल ठाकुरले ३ विकेट लिए । भुवनेश्वर कुमारले २ तथा हार्दिक पाण्डेया र टी नटराजनले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको भारतले निर्धारित २० ओभरमा २ विकेटको नोक्सानीमा २२४ रन बनाएको थियो ।

कप्तान विराट कोहलीले नटआउट ८० रन बनाए । उनी ओपनिङमा आएका थिए । अर्का ओपनर रोहित शर्माले ६४ रन बनाए । हार्दिक पाण्डेया ३९ रनमा नटआउट रहे । सूर्यकुमार यादवले आफ्नो दोस्रो खेलमै ३२ रन बनाए । उनी यसअघिको सिरिजमा म्यान अफ द म्याच भएका थिए । 

भुवनेश्वर म्यान अफ द म्याच बने भने कोहली प्लेयर अफ द सिरिज भएका छन् । उनले ब्राण्ड न्यू ह्युन्डाई आइ२० टर्बो कार जितेका छन् । उनी पर्फर्मर अफ द सिरिज भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ